काठमाडौं । कोरोना संक्रमण फेरि उकालो लाग्न थालेको छ । सोमबार अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । तर, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारसँग मौज्दात स्वास्थ्य सामग्रीहरू भने सीमित छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई सय ६६ संक्रमित देखिएका छन् । यो संख्या गत १४ माघयताकै सर्वाधिक हो । १४ माघमा चार हजार तीन सय ८२ नमुना परीक्षण गर्दा दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, १५ माघमा तीन हजार ६ सय ९१ नमुना परीक्षण गर्दा दुई सय १३ जनामा संक्रमण देखिएको थियो ।
त्यसयता दैनिक एक सयको हाराहारीमा देखिँदै आएका संक्रमितको संख्या फागुनबाट दुई अंकमा झरेको थियो । तर, सोमबार देखिएको संक्रमितको संख्याले सबैलाई झस्काएको छ । यही अढाई महिनाको बीचमा संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा पनि अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । गत १४ माघमा उपत्यकामा एक सय ४५ र १५ माघमा एक सय २३ संक्रमित देखिएका थिए । सोमबार देशभर देखिएका दुई सय ६६ संक्रमितमध्ये उपत्यकाका एक सय २७ जना छन् । यही अनुपातमा संक्रमण बढ्दै गए दुई महिनामा भयावह रूप लिने चिकित्सकहरूले बताएका छन् ।
‘अस्पतालमा सिरियस बिरामीहरू बढ्न थालेका छन् । पछिल्लो दुई हप्तामा मात्रै टेकु अस्पतालको आइसियूमा ११ जना संक्रमित भर्ना भएका छन् । सिकिस्त भएर बिरामी आउने क्रम बढेकाले संक्रमण समुदायस्तरमा बढ्दो अवस्थामा भएको बुझ्न सकिन्छ,’ टेकु अस्पतालका कोभिड चिकित्सक डा। अनुप बास्तोलाले भने, ‘यही अवस्था रहे आगामी जेठको पहिलो हप्तामा कोरोना संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ ।’
नयाँ पत्रिका
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन