नेपालमा पछिल्लो समयमा तीव्र रुपमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलिरहेको छ। संक्रमणसँगै मृत्युदरको ग्राफ पनि उच्च छ। यही कारण जारी परीक्षाहरु पनि रोकिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले जारी स्नातक तह दोस्रो वर्षको परीक्षा सहित स्नातकोत्तर तहका परीक्षा पनि स्थगित गरेको छ । अन्य विश्वविद्यालयले पनि स्थगित गरेका छन् । त्रिविका अनुसार प्रथम वर्षको मानविकी, शिक्षा, व्यवस्थापनलगायत संकायको वार्षिक परीक्षा रोकिएको छ। त्यस्तै, कक्षा–८ परीक्षा पनि रोकिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। करिब पाँच लाख विद्यार्थीले एसइई परीक्षा दिनलाई तयार भएर बसेका छन्। यसरी कोभिड तीव्ररूपमा फैलिरहँदा अब परीक्षा के होला भन्दै परीक्षार्थीहरू चिन्तित बनेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यो महिनाभर कोरोना संक्रमण दरको अवस्था हेरेर मात्रै एसइई परीक्षाबारे निर्णय लिन सकिने बताएका छन् । सरकारले २०७६ सालको एसइईको नतिजा कोरोनाकै कारण आन्तरिक मूल्यांकनबाट प्रकाशित गरेको थियो। तर, २०७७ को एसइई परीक्षा भने आन्तरिक मूल्यांकनबाट गर्ने अहिलेसम्म कुनै योजना नबनाएको उनले प्रष्ट पारेका छन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
सर्वोच्च अदालतले भन्यो- नयाँ शैक्षिक सत्र सुरू भएपछि मात्र भर्ना लिनू
एसइई भोलिदेखि, पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, एक महिनामै नतिजा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह