काठमाडौँ । गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ ।
यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मका लागि वैशाख २७ गते सूचना जारी गरी परीक्षा स्थगन गरेको थियो ।
बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक विधिबाट सञ्चालन गर्न मन्त्रालयसँग अनुमति माग गरेको जानकारी दिए ।
गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । सरोकारवालाले भने यस वर्ष पनि आन्तरिक मूल्याङ्कन गराउन सुझाव दिएका छन् ।
एसईई दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिए जस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन विधि नै उपयुक्त भएको जोड दिइएको छ । देशभरीबाट पाँच लाख १७ हजार विद्यार्थी गत वर्षको एसईईको तयारीमा छन् ।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’