काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा फैलिन थालेपछि बिपी सङ्ग्रहालय सुन्दरीजलले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्क र ओखरेनीमा स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ का यी दुई गाउँमा अक्सिजनसहितको स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न लागिएको सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए । काठमाडौँ उपत्यकाका दुर्गम बस्ती मध्येमा पर्ने यी गाउँमा कोरोनाका बिरामी बढ्न थालेपछि प्रारम्भिकरूपमा स्वास्थ्य जाँचसहित अक्सिजन सेवा दिन उपचार केन्द्र स्थापना गर्न लागिएको हो । केन्द्रमा सुन्दरीजल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिनेछन् ।
केन्द्रमा आवश्यकतानुसार विशेषज्ञ स्वास्थ्य सेवासमेत उपलब्ध गराइने सङ्ग्रहालयले जनाएको छ । बिरामीलाई थप उपचार आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवासहित सुविधासम्पन्न अस्पतालमा लगिने छ । होम आइसोलेशनमा बसेका बिरामीलाई समेत अस्पताल जान एम्बुलेन्स आवश्यक परे निःशुल्क सेवा दिइने छ । कोरोना र अन्य रोगका लागि अक्सिजन सेवा आवश्यक पर्ने बिरामीले अक्सिजन नपाए निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो