यातायात व्यवस्था विभागले नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ । पाँच सय वटा प्रश्न सार्वजनिक गरेको र लाइसेन्सको लिखित परीक्षामा तिनैमध्येबाट २० वटा प्रश्न सोधिने विभागले जनाएको छ ।
एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने छ । लिखित परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्रायल दिन पाइनेछ । गएको चैत २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ व्यवस्थासहित सवारी चालक अनुमतीपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका स्वीकृत गरेको हो ।
नयाँ व्यवस्था अनुसार मोटरसाइकल तथा स्कुटरको ट्रायल परीक्षामा पनि केही खुकुलो बनाइएको छ । प्रयोगात्मक परीक्षाका लागि विभिन्न सूचकमा एक सय अङ्क तोकिएको छ । त्यसमध्ये ७० अङ्क ल्याउने व्यक्ति उत्तीर्ण हुन्छ ।
नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ । प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक संकेतको पालना नगरेमा १५ अङ्क घट्छ । घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्नेछ । संकेत चिन्ह छोएमा, खुट्टाले भुँइमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरक फरक अङ्क घट्ने व्यवस्था छ ।
यस्तै, नयाँ व्यवस्था कार्यान्वयन भएपछि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेहरुलाई एक वर्षको लागि परीक्षण लाइसेन्स दिइनेछ । परीक्षण कालको एक वर्षमा पाँच पटकसम्म सवारी नियम उलंघन गरेमा त्यो व्यक्तिले पुनः परीक्षा दिनुपर्छ । यस्तै, नयाँ व्यवस्था अनुसार ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ । प्रयोग गर्ने सवारी साधन भने यातायात व्यवस्था विभागले तोकेको मापदण्ड भित्रको हुनुपर्नेछ ।
मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि साेधिने प्रश्नहरु हेर्नुस् :
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन