राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेकोछ। कोरोनाभाइरसको महामारीका बिच भौतिकरुपमा परीक्षा सञ्चालन हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरिएको हो।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइटसहित अन्य वेबसाइटहरु, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गरेको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३, र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने तथा नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले आफ्नो आधिकारीक बेवसाइट www.see.gov.np का साथसाथै, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np, द कनसेप्ट प्लस प्रालिको वेबसाइट, इडियु संजालको वेबसाइट, कान्तिपुर डिजिटल कर्प प्रालिको वेबसाइट र एनसेलको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने उल्लेख गरेको छ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
सर्वोच्च अदालतले भन्यो- नयाँ शैक्षिक सत्र सुरू भएपछि मात्र भर्ना लिनू
एसइई भोलिदेखि, पहिलोपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच, एक महिनामै नतिजा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?