सुनचाँदीको मूल्य ह्वातै घट्यो

सुनचाँदीको मूल्य ह्वातै घट्यो

sun gold

नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको हो ।

जबकी गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ ।

गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ