पोखरा । पोखराको पामे खपौदीस्थित अल्फान्जो रिसोर्टमा चर्चित गायक सविन राई एण्ड फ्यारो व्याण्डको लाईभ कन्सर्ट हुने भएको छ ।
रिसोर्टको तेस्रो वार्षिकोत्सवका अवसरमा यहि असोज २३ गते, आउने शनिबार साँझ ८ बजेदेखि नेपालकै चर्चित व्याण्ड तथा गायक राई एण्ड फ्यारो व्याण्डको लाईभ कन्सर्ट हुने अल्फान्जो रिसोर्टका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए ।
वार्षिकोत्सवकै अवसरमा अल्फान्जोले अत्याधुनिक प्रविधि अनुसारको साहसिक पिङ्, मनोरम फोटोजोन, सुविधायुक्त गेष्ट रुम, ट्री हाउस, स्वीमिङ पुल, प्राइभेट क्लव, प्रशस्त पार्किङ, समूहमा आउने ग्राहकहरुको लागि पोखरा भ्यालीभित्र निःशुल्क आउने जाने यातायातको व्यवस्था, विश्वसनीय सुरक्षा गार्डको व्यवस्था र खानाको परिकारमा फुल ग्रिल्ड फिसलगायत् विभिन्न परिकार थप गरिएको निर्देशक भट्टराईले जानकारी दिए ।
करिब २ सय ५० जना ग्राहकलाई एकै पटकमा सेवा प्रदान गर्न सक्ने गरी सञ्चालित यो रिसोर्टले करिब ४० जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ ।
रिसोर्टमा हरेक शुक्रबार र शनिबार लाइभ व्याण्डमार्फत सांगीतिक कार्यक्रमको साथमा बिहानदेखि रातिसम्म फोटोग्राफरको सेवा उपलब्ध रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन