पोखरा । पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार चार खेलहरु सम्पन्न भएका छन् ।
अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले मिडिया टिम पोखरालाई सोझो सेटमा हराएको छ । शान्ताले २५–१३, २५–२२ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा मट्टिखान युवा क्लबले जागृती युथ क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । मट्टिखानले २५–१३, २५–१९, १९–२५ र २५–११ को सेटमा हराएको हो । तेस्रो खेलमा पोखरा टप्सले कृस्ती युवा मिलन मञ्चलाई २५–२०, २५–२० र २५–२० कै सेटमा हरायो ।
अन्तिम तथा चौथो खेलमा बाराही मा.वि.ले नव शिर्जनशील युवा क्लबलाई २५–१८, २५–१७ र २५–१७ कै सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिता अन्तरगत शनिवार सेमिफाइनल सहित फाइनल खेल हुने क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल शान्ता भलिबल टे«निङ सेन्टर र पोखरा टप्सबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मट्टिखान युवा क्लब र बाराही मा.वि.बिच हुनेछ ।
प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद रु २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कार तर्फ भने ट्रफि रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला