पोखरा । चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो ।
उपविजेतामा सिमित पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
अभियान युथ क्लबको आयोजनामा पोखरा ५ मालेमाटन स्थित बाराही खेल मैदानमा भएको फाइनल खेलमा मट्टिखानले पोखरा टप्सलाई २५–२१,२१–२५,२५–१५ र २५–१७ को सेटमा हराउँदै उपाधी चुमेको हो ।
फाइनल अघि शनिबार नै भएको सेमिफाइनल खेलमा मट्टिखानले बाराही मा.वि. तथा पोखरा टप्सले शान्ता बलिबल टे«निङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको उत्कृत्ट खेलाडी मट्टिखानका राजकुमार नेपाली घोषित भए । यस्तै उत्कृष्ट सर्भर टप्सका विवेक ठकुरी, उत्कृष्ट ब्लकर मट्टिखानका रमेश गुरुङ, उत्कृष्ट डिफेन्डर मट्टिखानकै उत्तम गुरुङ, उत्कृष्ट सेटर पनि मट्टिखानकै बेलबहादुर परियार र उत्कृष्ट स्पाइकर मट्टिखानकै भुपेन गुरुङ घोषित भए । विधागत उत्कृष्ट सबैले ट्रफि हात पारे । प्रतियोगिता असोज ११ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा कुल १२ टिमलाई मात्रै सहभागिता गराइएको थियो ।
विजेता बन्न सफल टिमले पाँचौ संस्करणको प्रतियोगितामा स्वत: राखिने र सहभागिताका लागि कुनै शुल्न नलाग्ने प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ