यू–२३ एसियन कपमा नेपालको फराकिलो हार

यू–२३ एसियन कपमा नेपालको फराकिलो हार

football

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

समूह बी मा लगातार तेस्रो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो खेलमा इरानसँग ४–० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० को हार बेहोरेको थियो ।

नेपाल समूहको पुछारमा रहेको छ भने लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ