अखिल नेपाल खेलकुद महासंघमा नयाँ कार्यसमिति

अखिल नेपाल खेलकुद महासंघमा नयाँ कार्यसमिति

260032201_644982876523937_1277010837775146762_n

पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम जिल्ला भेलाले बामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका छन् । नेकपा माओबादी केन्द्र निकट खेलकर्मीहरुको यो संगठनले खेलकुदको माध्यमबाट युवाहरुलाई सही दिशामा डो¥याउने आफ्नो लक्ष्य बनाएको छ ।

‘हाम्रो टिमका सबै पदाधिकारी र सदस्यहरु धेरै पहिलेदेखि नै खेलकर्ममा जोडिनुभएको छ । युवाहरुलाई एकता राख्न र संयमित बनाउन खेलकुद सबैभन्दा सहयोगी पनि सिद्ध पनि मानिन्छ । त्यसैले हामीले भेलाको आयोजना गरेर संगठित रुपमा अगाडि बढ्ने निर्णय गरेका हौँँ ।’ अध्यक्ष चयन भएसँगै बामदेव सुवेदीले भने ।

नवगठित कार्यसमितिकै सकृयतामा निकट भविष्यमै कास्की जिल्लामा विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना गर्ने, खेलाडीहरुको वृद्धि विकासमा लक्षित कामहरु गर्ने र खेलकुद क्षेत्रलाई स्वच्छ अनि विवादरहित बनाउने काममा लाग्ने लक्ष्य लिएको कार्यसमितिका उपाध्यक्ष प्रकाश मल्लले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds