राष्ट्रिय महिला भलिबल टिमको घोषणा

राष्ट्रिय महिला भलिबल टिमको घोषणा

vallibal

काठमाडौँ । नेपाल भलिबल संघले एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका राष्ट्रिय महिला टिमको घोषणा गरेको छ ।

आइतबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्सीय टिम घोषणा गरेको हो ।

टिममा छनोट भएका खेलाडीमा कप्तान अरुणा शाही, पवित्रा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, शान्या पुन, कृपाा अधिकारी र सलिना श्रेष्ठ रहेका छन् ।

नेपाल महिला संस्करणको साविक च्याम्पियन हो ।

बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ