आर्थिक हैसियत भएका सिमित वर्गको पहुँचमा मात्र शिक्षा हुनुहुँदैनः प्रधानमन्त्री देउवा

आर्थिक हैसियत भएका सिमित वर्गको पहुँचमा मात्र शिक्षा हुनुहुँदैनः प्रधानमन्त्री देउवा

deuba

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् ।

आज (सोमबार) काठमाडौँमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बोल्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सिमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताए ।

दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने उनको विश्वास छ । उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सवल र सृदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीव्ररुपमा रुपान्तरण गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विश्वविद्यालयबाट बिभिन्न संकायका परीक्षाहरुमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ भने दीक्षित बिद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ