अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

new year

काठमाडौँ । अंग्रेजी (ग्रेगोरियन) पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ ।

विस्वभर विविध कार्यक्रमका साथ स्वागत गर्दै मनाइरहेका छन् ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन् को सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको मानिन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न ठाउँमा यो सम्वत् लगाएकाले अहिले यसको विश्वव्यापी प्रचार छ । ईस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायत ठाउँमा हिजो ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन् । आज पनि पर्यटकीय ठाउँमा चहलपहल छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ