पोखरा । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ सम्म चल्ने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ मोफसलको चर्चित क्लब सहारा क्लबले विषम परिस्थितिको बाबजुद पनि बर्सेनी यो प्रतियोगितालाई निरन्तरता दिंदै आएको छ । यसपालिको प्रतियोगिता पनि सभ्य र भव्यरुपमा सफल पार्न विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु निरन्तर खटिएको क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ ले जानकारी दिए ।
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम गरी कुल १० टिमले भाग लिने छन् । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुङ हो ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो । हिमश्रीले सुरुआतदेखि नै मुख्य प्रायोजक रुपमा साथ दिंदै आएको छ । प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । क्लबले २०६१ सालदेखि सञ्चालन गरेको एकेडेमीमा आश्रित बालकलाई आवासीय सुविधासहित स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिने गरिन्छ । एकेडेमी पोखरा–१७, दोविल्लामा छ ।
प्रतियोगिताबाट कुल अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार र खर्च १ करोड ६ लाख ४८ हजार हुने आयोजकको अनुमान रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।
सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, वल्र्ड लिङ्क, सिताज्, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद÷प्रदेश खेलकुद परिषद् गण्डकी रअखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति/जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ÷ सहारा युके÷सहारा क्लब हङकङ÷सहारा क्लब अष्ट्रेलिया समेतको विशेष सहयोग छ भने संयोजन पोखरा महानगरपालिकाको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान