पछिल्लो २४ घण्टामा गण्डकीका थप ९०० जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७०२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
शुक्रबार संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४८९ जना, तनहुँका ६९ जना, गोरखाका ४० जना, लमजुङका ४५ जना र नवलपुरका ६१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका १२३ जना, पर्वतका १६ जना, बाग्लुङका ३७ जना, म्याग्दीका १९ जना र मुस्ताङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९२ हजार ८८५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १२१ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ३३६ पुगेको छ। भने, अहिले प्रदेशभर ४११७ सक्रिय संक्रमित छन् ।
शुक्रबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा गोर्खा जिल्ला गोरखा नगरपालिका -११ निवासी ४० वर्षीय पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका -१३ निवासी २३ वर्षीया युवती छिन् । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४३२ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य