काठमाडौँ । रुसी सेनाको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी सहर ओख्तिर्कामा ७० युक्रेनी सैनिकको ज्यान गएको छ ।
रुसी तोपले युक्रेनका सेनाको एउटा युनिट नै ध्वस्त पारेको बीबीसीले जनाएको छ । उद्दारकर्ता तथा स्वयम्सेवकहरुले भग्नावशेषबाट शव निकाल्ने प्रयास गरिरहेका छन् ।
रुसी सेनाले युक्रेनी नागरिकलाई समेत निसाना बनाइरहेका युक्रेनी सेनाले जनाएको छ ।
रुसले युक्रेनमा जमिन र हवाई दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट हालसम्म ३५० जनाको मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
युक्रेनबाट ६ लाख बढी मानिसहरू विस्थापित भएका छन् ।
यस्तै, रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु युक्रेनको राजाधानी किएभतर्फ पठाएको छ । रुसी बख्तरबन्द गाडीको लाइन ४० माइल अर्थात ६४ किलोमिटर भन्दा लामो रहेको जनाइएको छ ।
यस्तै रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको पनि नयाँ तस्बिरमा देखिएको छ ।
रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो ।
सम्बन्धित खबर
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ