स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाँडाँ कालोपत्रे सडकको उद्घाटन गरिएको छ।
गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा शनिबार एक कार्यक्रमका बीच निर्माण सम्पन्न कालोपत्रे सडकको उद्घाटन गरिएको हो।
सडक निर्माणका लागि रु ४ करोड ९९ लाख ९८ हजारको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु ४ करोड ३१ लाखमा श्री गिता. श्री क्रियटिभ जे. भी स्याङ्जाले सडक निर्माण कार्यको जिम्मा पाएको थियो। ठेक्का सम्झौता अनुसार पक्की नाली, ट्राफिक चिन्ह र रोड पेन्टिङ सहित २.७ कि मी सडक पिच गरिएको गाउँपालिकाले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले गाउँपालिका केन्द्र देखि सबै वडा कार्यालयसम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्ने नितीअनुसार वडा नं ३ को वडा कार्यालयसम्म पुग्ने सडक निर्माण गरिएको बताए। सडक निर्माणपछि स्थानीय जनतालाई ओहोरदोहोर गर्न सुविधा पुग्ने र स्थानीय स्तरमा उत्पादन हुने तरकारी, फलफूल लगायतका कृषि उत्पादनहरू सजिलै बजार पहुँचमा पुग्ने साथै सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्ने उनले बताए।

कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन्। यस्तै विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न जरुरी रहेको बताएकी छन्।
आँधीखोला गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष विष्णु बहादुर खत्रीको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन वडा नं ३ का वडा सचिव बालकृष्ण पौडेलले गरेका थिए। शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारी,कार्यपालिका सदस्य गुजेश्वरी क्षेत्री, वडा सदस्य बिन्दु वि क, हरिहर शर्मा, स्थानीय राजनितीक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ