बागलुङ । संखुवासभाको सभापोखरी गाउँपालिकामा आयोजित प्रथम सभापोखरी अन्तर पालिका स्तरिय खुल्ला पुरुष रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधी एनआरएनए जापान कान्साईले हात पारेको छ ।
सोमबार सभापोखरी रंगशाला बाह्रबिसे संखुवासभामा भएको फाइनल खेलमा एनआरएन जापान कान्साईले ३–० को सोझो सेटमा षडानन्द नगरपालिका भोजपुरलाई पराजित गर्दै उपाधी विजेता बनेको हो ।
गलकोट नगरपालिकाका खेलाडीलाई आवद्ध गरेको एनआरएनए ओसाका कान्साईले फाइनलमा षडानन्द नगरपालिका भोजपुरलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेको आयोजकले जनाएको छ ।
१० समुहको सहभागिता रहेको प्रथम सभापोखरी अन्तरपालिका स्तरिय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोेगितामा उपाधीको विजेता बनेको एनआरएनए कान्साई जापानले नगद रु ३ लाख सहित रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भनें प्रतियोगिताको उपविजेता षडानन्द नगरपालिका भोजपुरले १ लाख ५० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा बागलुङको गलकोट नगरपालिकाका खेलाडीहरु देशका धेरै पालिकामा आयोजित खेलमा विजेता बन्न सफल भएको भलिबल प्रशिक्षक सुरेन्द्र केसीले बताए ।
एनआरएनए जापान कान्साईले नेपालको शिक्षा क्षेत्रमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरि विभिन्न समयमा सहयोग गर्दै आईरहेको एनआरएनए जापान क्षेत्रिय समिती कान्साईका संयोजक दिलिप शर्मा गैरेले जानकारी दिए ।
उनले भनें “यस संस्थाले खेलकुद क्षेत्रको विकास अनि खेलाडीको मनोबल सदैव उच्च राख्नको निमित्त नेपालमा रहेका खेलाडीलाई आर्थिक सहयोग प्रदान गरि खेलकुदको विकास र स्तरवृद्विमा टेवा पुराउँदै आएको छ।”
राष्ट्रका गहना मानिने खेलाडीलाई विदेशबाट सहयोग गर्न पाउदा आफुहरुलाई गर्व लाग्ने गरेको संस्थाका सदस्य कुलबिर थापाले बताए । “हाम्रो सानो सहयोगले हाम्रो देशको शिक्षा ,खेलकुद क्षेत्रलाई थप अब्बल बनाउन सहयोग पुगोस भन्ने उद्येश्यले हामीहरु हरेक समय सहयोग गर्न तयार छौ” थापाले भनें त्यसको लागि हाम्रो संस्था एनआरएनए कान्साई कार्यसमिती प्रतिवद्ध छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष