पोखरा । बुद्धटोल युवका क्लबले आयोजना गर्ने १५ औं बिटी कप पाँचौं विरेन स्मृति सेभेन ए साइड खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको तयारी तिब्र पारेको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी १८ गते देखि २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आज (शनिबार) पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
प्रतियोगिताको प्रचारप्रसार संयोजक अमृत गुरुङले सो प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्ने बताए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उनले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने जानकारी दिए ।
संयोजक गुरुङका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ ।
त्यसैगरी क्लबका अध्यक्ष विजया गुरुङले खेलकुदसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको बताईन् । उनले कोरोना भाईरसको महामारीको समयमा विभिन्न स्थानमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको बताएकी थिईन् ।
सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’