स्याङ्जामा निर्माणाधीन पुलबाट खस्दा ८ जना घाइते

स्याङ्जामा निर्माणाधीन पुलबाट खस्दा ८ जना घाइते

pul

file photo

स्याङ्जा । स्याङ्जामा निर्माणाधीन पुलबाट खस्दा आठ जना घाइते भएका छन् ।

चापाकोट नगरपालिका ८ मा पर्ने कालीगण्डकी नदीमा दामाचौर र रामपुर जोड्ने पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचालेर जोड्ने क्रममा अचानक बिमसहित कामदारहरु खस्दा घाइते भएको हो ।

घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेम धनपटेल, बाराका २२ वर्षीय रामनिवासकुमार पटेल, हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल रहेका छन् । यस्तै, अन्य घाइते हुनेमा भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षी अनुपकुमार राव र गोरखा मिरासन गाउँपालिकाका २३ वर्षीय सृजन परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घाइतेमध्ये भारत बिहारका धनन्जय ठाकुर, बाराका राम निवास कुमार पटेलको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ