पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।
बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा भोलीदेखि दास्रो चरणका खेहरु क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।
उनका अनुसार बगर स्थित पुरानो टुडिखेलमा आज सम्पन्न भिमकाली निलो र डेभिजफल्स एफसी बिच भएको खेल निर्धारित समय बराबरीमा सकिएपछि टाईबेकरमा भिमकाली निलोले १–० गोल अन्तरले जित निकाल्यो ।
त्यसैगरी दोस्रो खेलमा भिमकाली क्लब टिमएले डुङ्गेसाघुँ क्लबलाई टाईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्याे । तेस्रो खेलपनि निर्धारित समयमा गोलरहित भएपनि टाईबेकरमा दीप युनाईटेडले ब्रदर्श युनिटीलाई ३–२ गोल अन्तरले पाखा लगायो ।
एलजी एफसीले स्याङ्जा एफसी टिम बिलाई १–० गोल अन्तरले हरायो । एलजीको जितमा अभिषेक गुरुङले निर्णायक गोल गरे ।
पाँचौ खेलमा स्याङ्जा एफसी टिम एले सँगम एफसीलाई १ –० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो स्याङ्जाको जितमा मुक्त थापाले निर्णायक गोल गरे ।
छैटौ खेलमा मिरुवा एफसीलाई बयारघारी एफसीले १–० गोलले पराजित गर्याे । बयारघारीको जितमा समिर गुरुङले गोल गरे । सातौ खेलमा विष्णु पादुका क्लबलाई कमलपोखरी क्लब टिम बिले १–० गोलले हरायो । कमलपोखरीको जितमा बिमल गुरुङले निर्णायक गोल गरे ।
आठौं खेलमा लेकसाईड एफसीले रत्नचोक एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित हाँसिल गर्याे । लेकसाईडको जितमा मुक्त बहादुर तामाङ र सुनिल बिकले समान १/१ गोल गरेका थिए भने रत्नचोकको तर्फबाट सिङ्कमान तामाङले सान्त्वना १ गोल फर्काएका थिए ।
आजको अन्तिम खेलमा रामघाट एफसीले र एनजी एफसी टिमबिलाई ३–० गोल अन्तरले पराजित गरेको बिटी क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।
उनका अनुसार त्यसपश्चात दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु