पोखरा । बिटी क्लबको आयोजनामा पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा अहिलेसम्म तारा एफसीका अजित गुरुङ सर्वाधिक गोलकर्ता बनेका छन् ।
क्लबका अध्यक्ष विजया गुरुङका अनुसार आज भएको दोस्रो चरणको खेल अन्तर्गत तारा एफसी र नयांगल्ली बिच भएको छैटौं खेलमा नयांगल्लीविरुद्ध गुरुङले व्यक्तिगत ५ गोल गरेका थिए । गुरुङको सानदार ५ गोलसँगै तारा एफसी तेस्रो चरणमा प्रवेश गरेको गुरुङले जानकारी दिईन् ।
यसअघि तारा एफसी वाईसीएल एफसीको अनुपस्थितिमा वाकओभर मार्फत विजयी बनेको थियो । गुरुङले उक्त खेलसँगै आज दोस्रो चरणका ८ खेल सकिएको बताईन् ।
पहिलो खेलमा एयरपोर्ट एफसीले भदौरे एफसीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्याे । एयरपोर्टको जितमा सिआर गुरुङले २ गोलको योगदान दिए भने अनिल महर्जन र निरज चौधरीले समान १ गोल गरे ।
दोस्रो खेलमा आयोजक सेतोले बैले एफसीलाई ३–० गोल अन्तरले हरायो । आयोजकको जितमा अन्जन देवकोटा, राम्जी र टिकाराज गुरुङले समान १ गोल गरे ।
त्यसैगरी तेस्रो खेलमा मसिना एफसीले सिम्पानी एफसीलाई ५–० गोलको फराकिलो अन्तरले सहज जित निकाल्यो । मसिनाको जितमा दिपेश श्रेष्ठ, प्रताप गुरुङ, सञ्जु नेपाली, सिद्धान्त गुरुङ र कैलाश श्रेष्ठले समान १ गोल गरे ।
चौथों खेलमा करापुटार एफसी टिमले एम टुभेल ‘बि’माथी २–१ गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । करापुटारको जितमा मुकेश दुरा र कन्या गुरुङले समान १ गोलको योगदान दिए भने एम टुभेलको तर्फबाट रुविन गुरुङले सान्त्वना १ गोल गरे ।
पाँचौ खेलमा एम टुभेलले काउरे बयारघारीलाई १–० गोल अन्तरले पराजिगत गर्याे । डिफेण्डिङ च्याम्पियन एम टुभेलको जितमा काजन गुरुङले निर्णायक गोल गरे ।
त्यसैगरी अर्काे खेलमा एलजी एशोसियसनले दिप युनाईटेडलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । एलजीको जितमा सिद्धार्थ रन्जितले निर्णायक गोल गरे ।
आज भएको अन्तिम खेलमा स्याङ्जा एफसीले बिटी एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो ।
स्याङ्जाको जितमा रोनिश गुरुङ मुक्त थापाले समान १ गोल गरे भने बिटीको तर्फबाट सप्नीत गुरुङले जवाफी सान्त्वना १ गोल गरे ।
आयोजकका अनुसार भोली (बुधबार) पनि दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिता विजेता टोलीले १ लाख ५१ हजार १ सय ५१ र उपविजेता टोलीले ९१ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो