पोखरा । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा बुधबार दोस्रो चरणका खेलहरु सकिएका छन् ।
पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा बुधबार दोस्रो चरणका खेलहरु सकिएसँगै आजदेखि प्रिकवटरफलाईनलको खेल हुने क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।
गुरुङका अनुसार आज (बुधबार) भएको पहिलो खेलमा मालेपाटन एफसीले पाटन एफसीलाई २–० गोल अन्तरले पराजिगत गर्याे ।
मालेपाटनको जितमा सोम तामाङ र मिलन मगरले समान १ गोल गरे ।
त्यसैगरी दोस्रो खेलमा मेरो नेपालले एनजी एफसीलाई ३–० गोलको फराकिलो अन्तरले हरायो । मेरो नेपालको जितमा रामचन्द्र नेपालीले २ गोलको योगदान दिए भने सम्पन्न श्रेष्ठले १ गोल गरे ।
अध्यक्ष गुरुङले शितलज्योती क्लब र नदीपुर युनाईटेड बिच भएको खेल गोलरहित भएपछि टाईब्रेकरमा शितलज्योतीले ३–१ गोल अन्तरले जित निकाल्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको बताईन् ।
उनका अनुसार हाम्रो एफसी र भिमकाली एफसी बिच भएको चौंथो खेलमा गोलरहित भएपछि टाई ब्रेकरमा हाम्रो एफसीले ४–३ गोल अन्तरले पराजित गर्याे ।
पाँचौ खेलमा सत्य युवा क्लब बाझाँपाटनले कमलपोखरीलाई टाई ब्रेकरमा ३–१ गोल अन्तरले हराउदै अन्तिम १६ मा स्थान बनायो ।
छैटौं खेलमा रफ व्याईज र हेम्जा युनाईटेड बिच भएको खेलपनि गोलरहित भएपछि टाईब्रेकरमा ७–६ गोल अन्तरले हेम्जा युनाईटेडले जित निकाल्यो ।
सातौं खेलमा भिमकाली यु–१७ ले रामघाट एफसीलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गर्याे । अन्तिम खेलमा लालीगुँरास क्लब धम्पुसलाई लेकसाइड एफसीले ४–० गोलको फराकिलो अन्तरले पराजिगत गर्याे । लेकसाइडको जितमा सन्त बहादुर गुरुङले हयाट्रिक गरे भने विमल रानाले १ गोलको योगदान दिए ।
आयोजकका अनुसार बिहिबारदेखि प्रिक्वाटरका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिता विजेता टोलीले १ लाख ५१ हजार १ सय ५१ र उपविजेता टोलीले ९१ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु