कास्की लिगमा ७ खेल

कास्की लिगमा ७ खेल

IMG_9397

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा आज ७ खेल सम्पन्न भएका छन् ।

लिग चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा ४ र हेम्जास्थित गौरीशंकर खेलमैदानमा ३ गरी ७ खेल सम्पन्न भएको हो ।

गौरीशंकर खेलमैदानमा आज भएको पहिलो खेलमा सत्य युवा क्लबले शितलज्योती क्लबलाई ५–२ गोलले पराजित गर्याे । दोस्रो खेलमा सहारा क्लबले लेकसाईडलाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।

तेस्रो खेलमा गार्डेन एफसीले रामघाटलाई २–० गोल अन्तरले पराजित गर्याे । रंगशालास्थित वैकल्पिक खेलमैदानमा भएको खेलमा एबिसीलाई सँगम एफसीले ३–२ गोल अन्तरले हरायो ।

त्यसैगरी अर्काे खेलमा आदर्श क्लबले युनाईटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्याे । खेल संयोजक नर प्रसाद गुरुङका अनुसार अर्काे खेलमा ड्यामसाईडसँग विष्णुपादुकाले २–१ गोल अन्तरले खेल गुमायो ।

अन्तिम खेलमा भ्याली र ईन्द्रेणी एकिकृत बिच भएको खेल गोलरहित सकिएकोसँगै दुवै टिमले समान १ अंक बाँडेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds