पोखरा । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाईनलका खेल हुने भएको छ ।
पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा आज प्रिक्वाटरका खेल सकिएसँगै शुक्रबार क्वाटरको खेल हुने क्लबका अध्यक्ष विजया गुरुङले जानकारी दिईन् ।
गुरुङका अनुसार आज भएको पहिलो प्रिक्वाटर खेलबाट एयरपोर्ट क्लबले तारा एफसीलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्याे ।
दोस्रो खेलमा आयोजक टिमले मसिना एफसीलाई १–० गोल अन्तरले हरायो । आयोजकको जितमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे ।
तेस्रो खेलमा बि–१३ लाई लेसाईडले टाईब्रेकरमा ३–१ गोल अन्तरले हरायो । अर्काे खेलमा शितलज्योती क्लबलाई हामे एफसीले १–० गोल अन्तरले पराजित गर्याे ।
पाँचौ खेलमा मालेपाटन एफसीले मेरो नेपाललाई ३–१ गोल अन्तरले टाइब्रेकरमा हरायो ।
छैटौ खेलमा करापुटारसँग स्याङ्जा एफसीले टाइब्रेकरमा ५–४ गोल अन्तरले खेल गुमायो ।
अन्तिम खेलमा रामघाटले हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पाखा लगायो । रामघाटको जितमा भिषण गुरुङले ह्याट्रिक गरे भने हेम्जाको तर्फबाट बिशाल सुनारले सान्त्वना एक गोल गरे । शुक्रबार क्वाटरफाइनलका खेल हुनेछन् भने सेमी र फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।
भिमकाली क्लबलाई निलम्बन
आयोजक संस्थाले छिमेकी क्लब भिमकाली क्लबलाई एक वर्षका लागि निलम्बित गरेको छ ।
हारिसकेको टोली सदस्य प्रिक्वाटरफाइनल खेलमा पुनः भिमकाली क्लबे खेलाएको भन्दै आयोजकको बैठकले भिमकाली क्लबलाई निलम्बित गर्ने निर्णय गरेको हो ।
आगामी हुने १६ औं बिटी कपमा भिमकाली क्लबले सहभागी जनाउन नपाउने अध्यक्ष विजया गुरुङले बताईन् । उनका अनुसार भिमकाली क्लबसँगै दुई खेलाडीलाई २ वर्ष निलम्बित गरिएको छ । सुवास गुरुङ र खुशीमान गुरुङले बिटी कपमा दुई वर्ष सहभागिता जनाउन पाउने छैनन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु