पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा आज ७ खेल सम्पन्न भएका छन् ।
लिग चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा ३ र हेम्जास्थित गौरीशंकर खेलमैदानमा ४ गरी ७ खेल सम्पन्न भएको हो ।
रंगशालास्थित वैकल्पिक खेलमैदानमा आज भएको पहिलो शितलज्योती युवा क्लबले सहारा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्याे । यो खेलसँगै शितलज्योतीले ९ अंक जम्मा गर्दै शिर्षस्थानमा रहेको छ ।
दोस्रो खेलमा भ्याली स्पोर्टस्ले रामघाटलाई ४–२ गोल अन्तरले हरायो । भ्याली स्पोर्टस्को अंक ७ रहेको छ ।
अन्तिम खेलमा गार्डेन एफसीले फुलबारी क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । योसँगै गार्डेनको अंक ६ रहेको खेल संयोजक नर प्रसाद गुरुङले बताए ।
गौरीशंकर खेलमैदानमा आज भएको पहिलो खेलमा एपेक्स क्लबको अनुपस्थितिमा एबीसी क्लबले वाक–ओभरमार्फत जित हाँसिल गरेको खेल सहसंयोजक सुनिल गायकले जानकारी दिए । उनका अनुसार एबिसीले ३ खेल खेल्दै ३ अंक बटुलेको छ ।
दोस्रो खेलमा सत्य युवा क्लब बाँझापाटनले भदौरे एफसीलाई ४–१ गोल को फराकिलो अन्तरले पराजित गर्याे । यो जितसँगै सत्य युवा क्लबले ९ अंक जम्मा गर्दै शितलज्योती क्लबसँगै शिर्षस्थानमै रहेको छ ।
तेस्रो खेलमा हेम्जा युनाईटेडले नयांगाउँलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । हेम्जा युनाईटेडले ३ खेल खेल्दै ७ अंक बटुलेको छ ।
अन्तिम खेलमा सँगम क्लबमाथी विष्णुपादुकाले १–० गोल अन्तरले जित निकाल्यो । यो खेलसँगै विष्णुपादुकाको अंक ६ रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु