काठमाडौँ । अभिनेत्री केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी छन् । काठमाडौँको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले विवाह गरेकी हुन् ।
परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा उनीहरुको विवाह कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु । जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ ।’
केकी फिल्म र टेलिभिजन रियालिटी शोहरुमा व्यस्त छिन् भने रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग