काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन्।
उनले शुक्रबार काठमाडौँको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा प्रेमी आशिष गेलालसँग विवाह गरेकी हुन्। उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो।
वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामीले परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ। हामी नयाँ जीन्दगीको सुरूआत गर्न गइरहेका छौं । तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम’ आशिष र वर्षा।
वर्षाका श्रीमान् पेशाले इन्जिनियर हुन्। उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। उनको नेपाल घर भने बालुवाटार रहेको बुझिएको छ। गत महिना मात्र वर्षा आशिषलाई भेट्नका लागि अमेरिका गएकी थिइन् । त्यहीँ उनीहरुको विवाहको मिति तय भएको थियो।
फिल्म ‘नाईं नभन्नू ल २’बाट अभिनेत्रीको रुपमा सुखद् डेब्यू गरेकी वर्षाले करिअरको छोटो अवधिमा दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’