पोखरा । देशभरको मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
अहिले बिहान प्रदेश १ र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सफा रहेको छ। प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
शनिबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला