पोखरा । पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संघर्षपूर्ण जित सहित सेमिफाइनलको यात्रा तय गरेको छ।
हेम्जा युनाइटेड क्लबको आयोजनामा आइतबार भएको क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले कालिका स्पोट्र्स एकेडेमीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
चर्च ब्वाइजलाई गोलका लागि दोस्रो हाफ कुर्नु परेको थियो। खेलको सुरुवात देखि नै कालिकालाई निकै दबाबमा राखेपनि कुनै गोल गर्न सकेन । पहिलो हाफ बराबरीमा सकिएको थियो।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेल मैदानमा जारी खेलमा सुरुवातदेखी नै कालिका माथि चर्च ब्वाइजले दबाब सृर्जना गरेको थियो। कालिकाले पहिलो हाफमा कुनैपनि आक्रमण गर्न सकेन। खेलको दोस्रो मिनेटमा नै चर्चब्वाइजका कप्तान मिलन राईको पासमा आसिष चौधरीले गरेको उत्कृष्ट प्रहार पहिलो बारमा लाग्दै बाहिरियो। १५ औं मिनेटमा कप्तान मिलनको लामो प्रहार क्रसबार नजिकैबाट बाहिरियो। खेलको २५ औ मिनेटमा निशान खड्काको लामो प्रहारलाई कालिकाका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाउ गर्दा रिफ्लेक्ट बलमा आसिषको पासमा हेमन्तले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार समेत बचाउँ गर्दै खतरा टारे। कालिकाले भने पोष्टमा कुनै प्रहार गर्न सकेन।

खेलको ५० औं मिनेटमा विवेक पौडेलले निशान्त खड्काकालाई दिएको पासमा निशान्त पुनः विवेकलाई वानटच पास र विवेकले पुनः निशान्तलाई दिएको वान टचपासमा गेको प्रहार बाहिरियो । खेलको ५३ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए। अशोक खवासको लामो पासलाई आसिषले नियन्त्रणमा लिदैं गरेको चिफ प्रहार गोलरक्षक प्रदिप भण्डारीलाई नाघ्दै क्रसबारमा लागेर जालि चुमेको थियो।
सुरुदेखी नै कालिकालाई दबाबमा राखेको चर्चब्वाइजको हौसला थप बढेको थियो। ६४ औं मिनेटमा आसिषले सेन्टरबाट लगेको बल कप्नात मिलन राईलाई दिएको पासमा मिलनले हेमन्त थापा मगरलाई दिएको पासमा हेमन्तले ब्याक फ्लिक गरेको बल पोस्ट नजिकैबाट बाहिरियो। खेलको ५९ औं मिनेटमा मिलनको शक्तिशाली प्रहारलाई कालिकाका कप्तान जोन जुनियरले बचाउ गरे।
खुमलटार युथ क्लब र बागमती युथ क्लब बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ। प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’