पोखरा । बागमती युथ क्लबलाई २–० गोलले हराउँदै खुमलटार युथ क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमती माथि सानदार जित निकालेको हो । खेलको दोस्रो मिनेटमा नै खुमलटारले अग्रता लियो । खुमलटारले पाएको फ्रिकिकको सदुपयोग गरेको हो । उक्त फ्रिकिकबाट आएको बललाई नियन्त्रणमा लिदैँ आसिष श्रेष्ठले उत्कृष्ट गोल गरे । सुरुवातमै गोल खान पुगेको बागमतीले खेलमा फर्किने प्रयास गरेपनि सफल भने रहेन । खुमलटारले २८ औ मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो । प्रसान्त अवस्तीले दिएको पासमा आसिषले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमै २–० गोलले पछि परेको बागमतीले दोस्रो हाफमा निकै आक्रमक खेल खेलेपनि नतिजा निकाल्न भने सकेन । बल पोजिसनमा आफ्नो बर्चस्व देखाएको बागमतीले पाएको अवसरहरुलाई जालीको दिशा दिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलको १० औं मिनेटमा नै बागमतीले बराबरीको अवसर खेर फाल्यो । सुमन चाम्लिङको उत्कृष्ट पासमा अमित थापा मगर बलसम्म पुग्नै सकेनन् । अमितले डिएरिभित्र खाली ठाउँमा पास मिलाइदिएका थिए । ५५ औं मिनेटमा अमितको हेडर प्रहारमा खुमलटारका गोलरक्षक एन्जल श्रेष्ठ बाधक बने ।
बागमती राम्रो टिम हो: प्रशिक्षक विष्णु गुरुङ खुमलटार
खुमलटारका प्रशिक्षक विष्णु गुरुङले विपक्षी टोलीको प्रशंसा गर्दै टिम निकै राम्रो भएको प्रतिक्रिया दिए । उनले आफुहरुले पाएको अवसरको सदुपयोग गर्दा जित हासिल गरेको सुनाए । ‘बाममती नराम्रो टिम होइन् । हामीले सुरुवातमै नतिजा निकाल्दा डिफेन्सलाई ध्यान दियौँ । उ अर्गनाइज टिम हो । पहिलो हाफमा नै हामीले २ गोलको स्कोर निकालेपछि काउन्टरको खोजिमा रह्यौँ’ उनले भने,‘हामी हाम्रो योजना अनुसार नै खेल्यौ दोस्रो हाफमा हामीलाई दबाब धेरै भयो । अब सेमिफाइनल खेलमा हामीत्यसलाई सुधार गरेर लैजान्छौँ ।’ खुमलटारका आसिष सोनाम खेलको म्यान अफ दि म्याच घोषित भए ।
खुमलटारले फाइन प्रवेशका लागि आयोजक हेम्जा युनाइटेड संग खेल्दै छ । प्रशिक्षक गुरुङले आफुहरुको टिममा केहि नयाँ खेलाडी समेत आउने जानकारी दिए ।
जति राम्रो खेलेपनि जितका लागि नतिजा चाहिन्छ: रोजित केसी प्रशिक्षक बागमती
बागमती प्रदेशका प्रशिक्षक रोजित केसीले जितका लागि नतिजा नै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले आफुहरुको ५ जना नियमित खेलाडीको अभाव टिममा खडकिएको बताए । खेल प्रदर्सनबाट आफु निकै सन्तुष्टि रहेको बताए । उनले मोफसलले गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले खेलाडीहरुलाई राहत मिलदै आएको समेत बताए । हेम्जाको आयोेजनामा पहिलो पटक भएको गोल्डकपमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए । मोफसले ठुलो लगानीको फुटबल प्रतियोगिता गर्दै आइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो समेत पोखेँ । ‘हामीले पनि मोफसलमा प्रतियोगिता गर्दै आइरहेका छौँ । तर, एन्फाले कहिल्यै पनि सहयोग गरेन् । यो एक ठाउँको मात्रै होइन् देशभरको मोफसलको समस्या हो’ उनले भने ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’