पोखरा । कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पुरा भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रतियोगितको पुरुष एकल प्रतिस्पर्धामा २९, पुरुष डबल्स तर्फ ४२ टिमको सहभागिता रहने भएको छ । यस्तै महिला एकल तर्फ ८ र डबल्स तर्फ ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । भोलिबाट हुने प्रतियोगिताको तयारी समेत सकिएको उनले बताए ।
प्रतियोगिता विहान १० बजेदेखी पोखरा रंगशाला अन्तराष्ट्रिय कर्भडहलमा हुनेछ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ । प्रतियोगिताको पुरुष एकलतर्फ प्रथम हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान १०/१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार र तेस्रोले २० हजार रुपैयाँसहित उनीहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला एकलतर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, दोसो र तेस्रोले समान १०/१० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला डबल्सको प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता गर्न करिब ४ लाख ४५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
ब्याडमिन्टसंघले राखेपको सहकार्यमा आफ्नै लगानीसमेतमा अहिले पोखरा रंगशालमा अन्तर्राष्ट्रिय स्तरको कर्भड हलको निमार्णसमेत गरेको छ । पोखरामा रहेको कर्भड हल नेपालकै उदाहरणीय रहेको उनले बताए । प्रतियोगिताले खेलाडीहरुलाई शारीरिक र मानशिक रुपमा चुस्त राख्न र खेलाडीहरुको अनुशासन कायम गर्नु पनि प्रतियोगिताको उद्धेश्य रहेको उनले सुनाए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु