काठमाडौं । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि जोडी ‘रोजरिङ’ अर्थात् सरोज प्रजा र छिरिङ शेर्पाको जोडीले जितेको छ। शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गरे। एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन्। उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन्।
गत चैत ११ गतेदेखि सुरु भएको शोमा १२ जना चर्चित सेलिब्रिटी जोडीबीच प्रतिस्पर्धा भएको थियो। विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गरेका थिए।
अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनशा बान्तवा राई निर्णायकको रुपमा थिए।
डान्सिङ स्टार्स नेपाललाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो।
सम्बन्धित खबर
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग