वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर

nita-harihar

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्।

उनीहरूले शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा विवाह गरेका हुन्।

वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए। अरुलाई भने प्रवेश दिइएको थिएन।

विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरेका छन्।

चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ