आज विश्व जनसङ्ख्या दिवस मनाइँदै

आज विश्व जनसङ्ख्या दिवस मनाइँदै

world-population-day

काठमाडौं । आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ।

यसवर्षको नारा ८ अर्ब मानवको विश्वः सबैका लागि समुत्थापित भविष्यतर्फ–अवसरको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनिश्चितता भन्ने नारा तय गरिएको छ।

संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको छ।

विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने उदेश्यले सन् १९८९ देखि प्रत्येक वर्ष जुलाई ११ मा यो दिवस मनाउन थालिएको हो। सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अर्ब पुगेको अवसरमा आयोजित ‘पपुलेसन समिट’ले यो दिवस मनाउने घोषणा गरेको हो।

हाल विश्वभरको जनसङ्ख्या ८ अर्बभन्दा धेरै रहेको संयुक्त राष्ट्र सङ्घको एक अध्ययनले देखाएको छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds