नेइमारले दुई दिन घरमा रोएरै बिताए

नेइमारले दुई दिन घरमा रोएरै बिताए

neymar-with-mother

आमासँग नेयमार

स्टार स्ट्राइकर नेइमार अहिले चोटबाट मुक्त हुने क्रममा छन् । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार गएको जनवरीमा पाइतालाको हड्डी भाँचिएपछि मैदान बाहिर छन् ।

उनले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतका दुवै लेग गुमाएका छन् । म्यानचेस्टर युनाइटेडसँगको पहिलो लेग भएको छ भने दोस्रो लेग हुन बाँकी छ ।

चोटबाट मुक्त हुने क्रममा रहेका नेइमारले आफू चोटग्रस्त भएपछि लगातार दुई दिन रोएको बताएका छन् । फ्रेन्च कप अन्तर्गत स्टार्सबर्गसँगको खेलमा चोटग्रस्त भएका नेइमार अप्रिलमा मैदान फर्किने छन् ।

गएको वर्षको फेब्रअरीमा चोट लागेकै ठाउँमा यसपटक चोट लागेको हो । गएको वर्षको चोटपछि उनी जुनमा भएको विश्वकपका लागि मात्रै फिट भएका थिए ।

नेइमारले अहिलेको चोट झन गम्भीर रहेको बताएका छन् । २७ वर्षका नेइमारले ब्राजिलको टेलिभिजन च्यानल ग्लाबोसँग भनेका छन्, ‘योपटक मलाई चोटबाट बाहिर निस्कन झनै गाह्रो भएको छ । चोटग्रस्त भएपछि दुई दिनसम्म घरमै रोएर बिताएँ ।’

उनले भने, ‘यो पहिलोपटक हो म आफ्नै कारणले चोटग्रस्त भएँ, अप्रेशन गर्नु पर्ने छ । जतिसक्दो चाँडो यो समस्या समाधान हुनु पर्छ । म अहिले दुःखी छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ