पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
संविधान दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संविधानले संघीयता, धर्मनिरक्षेता, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायत सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको समेत बताएका छन् ।
नेपाली जनताको लामो संघर्ष, त्याग र वलिदानबाट प्राप्त महत्वपुर्ण उपलब्धीको रुपमा पहिलोपटक जनताका प्रतिनिधीमार्फत संविधान निर्माण भएको संविधान राजनैतिक एवं संवैधानिक इतिहासमा यूगिन महत्वको दिन रहेको समेत मुख्यमन्त्री गुरुङले अथ्र्याएका छन् ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरा गर्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएको र संविधान दिवसले यसतर्फ लाग्न सबैलाई प्रेरणा मिलोस भनि कामना समेत मुख्यमन्त्रीले गरेका छन् ।
सम्बन्धित खबर
विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन
पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
पोखराबाट पर्वतको सेतीवेणी हुँदै गुल्मीको रिडीसम्म ५६ किमि सडक ट्रयाक खुल्यो
पोखरा जोड्ने राजमार्गको बिजोग: हिलो र धुलोले सास्ती
पोखरामा पर्यटकलाई राम्रो होटल मिलाइदिने भन्दै बार्गेनिङ गर्नेहरू पक्राउ
ट्राफिक नियम पालना गर्न झन्झट नमानौं: मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग