प्रचारप्रसारको अभावले गुमनाम बिन्दवासिनीमाई

प्रचारप्रसारको अभावले गुमनाम बिन्दवासिनीमाई

bindabasini

अश्विन दानी, गोरखा (नारेश्वर) । प्रचारप्रसारको अभावले गोरखा नगरपालिका ३ कान्थेँ स्वाँरामा रहेको बिन्दवासिनीमाई मन्दिरको पहिचान लोभ हुने अबस्थामा छ । शाहवंशी पालादेखि पूजाआजा गर्ने गरिएको उक्त मन्दिर संरक्षणको अभावले लोप हुने अबस्थामा पुगेको स्थानीयहरु बताउँछन् ।

केही बर्ष अघिसम्म यहाँ पूजागर्न आउने भक्तजनहरुको भिड लाग्ने गरेपनि आजभोली अत्यन्तै कम भक्तजनहरु आउने गरेको स्थानीय मैयामायाँ श्रेष्ठले बताईन् । ‘म यो ठाउँमा बिहे गरेर आएको पनि ७० साल नाघि सक्यो’ उनले भनिन् ‘मलाई सासु ससुराले भन्नु भएको यो मन्दिरमा राजा सावहरु आएर पूजा गर्नु हुन्थ्योँ रे । मैले राजाहरुलाई त देखिन तर केही बर्ष पहिले यहाँ पूजा गर्नलाई लाइन नै बस्नु पर्ने हुन्थ्यो ।’ किन हो खै आजभोली त धेरै मान्छे नै आउँदैनन् यहाँ, उनले भनिन् ।

यस मन्दिरमा गरेका सबै भाकलहरु बिन्दावासिनी माइले पूरा गर्दिनुु हुन्छ भन्ने आम भक्तजनहरुमा बिश्वास रहेको पाइन्छ । पहिले दैनीक भक्तजनहरुको भिड लाग्ने कुरा स्थानियले बताउने गरेपनि अहिले यहाँ त्यस्तो पाईदैन् ।

‘आजभोली यहाँ बिवाह, ब्रतबन्ध तथा भाकलका बलि चढाउन आएका मान्छे बाहेक अन्य दिन दुई तीन जना मात्रै भक्तजनहरु आउने गरेको अर्का स्थानीय मंगलप्रसाद श्रेष्ठ बताउँछन् । ‘यो मन्दिरको बारेमा धेरैलाई थाहै छैन्’ उनी भन्छन् ‘पहिले राजाका पाला हुँदासम्म यहाँ दिनकै सयौँ मान्छेहरु आउने गर्थेँ । तर, आजभोली त्यती धेरै मान्छे आउँदैनन् ।’

यस मन्दिरमा भाकल गर्ने सबै भक्तजनहरुको मनोकांक्षा पूरा हुने गरेको स्थानीयहरु बताउँछन् । यस मन्दिरमा राँगा, बोका, कुखुरा, हाँस, भेडा आदिको भाकल दिने गरिन्छ । मन्दिरको धार्मिक मूल्य मान्यता भएपनि संरक्षण र प्रचारप्रसारको कमिले यसबाट सरकारले पर्याप्त लाभ लिन नसकेको देखिन्छ ।

राजा राम शाहाले तत्कालिन नारेश्वरका काशिनाथ तिवारी उपाध्यायलाई त्यस मन्दिरको दैनीक पूजा गर्ने जिम्मा दिएको बर्तमान पूजारी होमनाथ तिवारी पूजारी बताउँछन् । ‘त्यतिबेलादेखि अहिलेसम्म यहाँ तिवारीहरुले नै दैनीक पूजा गर्छन्’ उनले भने ‘मेरो जीजुवाहरुलाई त्यतीखेर ४० मुरी माटो जग्गा दिएर राजाले दैनीक पूजागर्न लगाएका थिए रे । अहिले हामी चार जना तिवारीहरु १५÷१५ दिनको पालो लगाएर पूजा गर्ने गर्छैँ ।’

यस मन्दिर भित्र सानो गुफा पनि छ र यहाँबाट पानी बगिरहन्छ जुन पानी देवीको नाबिबाट आएको भन्ने मान्यता रहेको पाइन्छ । मन्दिर मर्मत गरेर संरक्षण गर्न नसकेकाले भक्तालुहरु कम आउने गरेको उनले दाबी गरे । मन्दिरका लागि पर्याप्त बजेट नआएको र आएपनि सदुपयोग नभएको उनको भनाई छ । ‘यहाँको मन्दिर मर्मतका लागि भनेर दुई बर्ष अघि पाँच लाख बजेट आएको थियो’ उनले भने ‘पूजारीहरु कसैलाई थाहै नदिई समिति बनाएर काम गरे । त्यो पाँच लाख बजेटले मन्दिरमा टिनको छानो हाल्ने र एउटा ढोका बनाउने बाहेक अरु केही काम भएन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ