कोडीङ् कन्टेस्टमा तीन समूह आगामी चरणका लागि छनोट

कोडीङ् कन्टेस्टमा तीन समूह आगामी चरणका लागि छनोट

GroupPhoto

मंसिर १३ पोखरा । पोखराको पश्चिमाञ्चल ईञ्जिनियरीङ् क्याम्पस लामाचौरमा सम्पन्न कोडीङ् कन्टेस्टमा तीन समूह आगामी चरणका लागि छनोट भएका छन् ।

कम्प्यूटर ईञ्जिनियरीङ संकायमा स्नातक तह प्रथम देखी चौथो वर्षसम्म अध्ययनरत विद्यार्थीहरुको सहभागी भएको कार्यक्रममा टिम यूएसबी, निरभ टिम, टिम एयूएस क्रमश: प्रथम, द्वितिय र तृतिय स्थान हाँसिल गरेका थिए ।

आई टी क्षेत्रमा ‘कम्प्यूटर प्रोगामीङ’को ज्ञानलाई अझै बढाउन र विद्यार्थीको ‘प्रवलम सल्भिङ’ क्षमताको बिकासका लागी सो कार्यक्रम आयोजना गरिएको कट्सका अध्यक्ष किरण तिवारीले जानकारी दिए ।

क्लव अफ टेक्निकल स्टुडेन्ट कट्सको आयोजना, नेपाली समाजको सहकार्य र स्वतन्त्र विद्यार्थी यूनियन पश्चिमाञ्चल क्याम्पसको सहयोगमा कार्यक्रम भएको हो ।

क्लवका अध्यक्ष किरण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा यस्ता खाले कार्यक्रमले विद्यार्थीहरुलाई सिकाईका क्षेत्रमा थप मद्धत पुग्ने बताए । यसरी टिमहरु विचमा गराइएको प्रतियोगिताले विद्यार्थीहरुको टिमविचको सहकार्यमा गरिने काममा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ