स्वास्थ्य शिविरमा साढे ३ सयको जाँच, ४९ कार्यक्रममा ३० हजार बढीलाई ‘यूआरएल’ को सेवा

स्वास्थ्य शिविरमा साढे ३ सयको जाँच, ४९ कार्यक्रममा ३० हजार बढीलाई ‘यूआरएल’ को सेवा

31073255_1654109637976852_5705398224878043136_n

गण्डक न्युज पोखरा, ९ वैशाख / पोखरा १४ को तल्लो सिमलबोटमा शनिबार ३ सय ६२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । गलेश्वर युवा क्लब र तल्लो सिमलबोट टोल विकास संस्थाले सो क्षेत्रमा रहेका अन्य संघ, संस्थाको सहकार्यमा शिविर आयोजना गरेका हुन् ।

पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रगत जाँच गरिएको हो । शिविरमा स्वस्थ्य जीवनशैली र उपचारका पद्धतिबारे डा. रामचन्द्र काफ्लेले प्रकाश पारे । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. काफ्लेले रोग लाग्नुपूर्व नै सतर्कता र सुरुमै उपचारमा ध्यान नदिँदा बिरामीले हैरानी व्यहोर्नु परिरहेको उल्लेख गरे ।

उनले जीवनशैलीमा आएको परिवर्तन, लापरवाहीपूर्ण खानपान र असावधानीले विभिन्न प्रकारका रोगहरु बढिरहेको बताए । उनले भने, रोगहरु लागिसकेपछि पनि धेरै रोग निको हुन्छन्, नहुने रोगहरुलाई पनि सन्तुलनमा राखेर दीर्घ जीवन बाच्न सकिन्छ ।

युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नेपाली समाजलाई सहज रुपमा स्वास्थ्य सेवा दिन शिविर र विभिन्न प्रकारका छुट उपलब्ध गराइएको बताए । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यमा गरेको यो ४९ औं शिविर हो । यस्ता शिविरबाट हालसम्म करिब ३० हजारले सेवा लिएको उनले जानकारी दिए । उनले भने, युआरएल नाफामुखीमात्र छैन, सेवामुखी र सामाजिक उत्तरदायी पनि छ । सर्वसाधारण बढी पीडित हुने रोगका जटिल परीक्षणहरु समेत सर्वसाधारणलाई सुलभ तवरले दिने प्रयत्नमा हामी छौं ।

तल्लो सिमलबोट टोल विकास संस्थाका संस्थापक अध्यक्ष ललितबहादुर भण्डारीले समाजलाई स्वस्थ बनाउने दायित्व सबैको भएको बताए ।

तल्लो सिमलबोट टोल विकास संस्थाका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गलेश्वर युवा क्लबका अध्यक्ष आशीष भण्डारी र सञ्चालन गलेश्वर युवा क्लबका सचिव नवराज गिरी र तल्लो सिमलबोट टोल विकास संस्थाका सचिव भरतबहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ