एमाले र माओवादीमात्र होईन, अरुको पनि माया छ, शानदारका साथ विजयी हुन्छु: नारायण मरासिनी (अन्तर्वार्ता)

एमाले र माओवादीमात्र होईन, अरुको पनि माया छ, शानदारका साथ विजयी हुन्छु: नारायण मरासिनी (अन्तर्वार्ता)

Narayan

प्रतिनिधि सभा र प्रदेश सभा अन्र्तगत पहिलो चरणको निर्वाचन मंसिर १० गते सम्पन्न भईसकेको छ भने, दोस्रो चरणको २१ गते सम्पन्न हुँदै छ । चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुले आआफ्नो जित हुने दाबी गर्दै आईरहेका छन् । वाम र लोकतान्त्रिक गठबन्धनहरुले जित्ने संख्याको पूर्वानुमानलाई सार्वजनिक गरिसकेका छन् । नतिजा कस्को पक्षमा आउँछ त्यो भने मंसिर २१ पछि नै थाहा हुनेछ ।

स्थानीय तहको चुनावमा खसेको मतको आधारमा स्याङ्जा प्रतिनिधि सभा १ मा वाम गठबन्धन लोकतान्त्रिक भन्दा करिब ९ हजार मतले अगाडि देखिन्छ । स्याङ्जा प्रतिनिधि सभा १ मा वाम गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद मरासिनी यतिबेला चुनावी मैदानमा व्यस्त छन् । यस पटक साच्चिकै वामपन्थीहरु सबैको भोट मरासिनीले पाउलान् त ? प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर नयाँसवालका साजन पुरीले उम्मेदवार नारायण प्रसाद मरासिनीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ साभार गरिएको छ ।

चुनावी तयारी एवम् प्रचार प्रसारको काम कुन चरणमा पुगेको छ ?

हामी प्रचार प्रसारकै क्रममा छौँ । हाम्रो क्षेत्र भित्रका जनता र मतदाताहरुलाई भेट्ने, उहाँहरुका चाहना र चासो अनि आवश्यकता र समस्याका कुराहरु सुन्ने तथा आफ्ना एजेन्डा र कार्ययोजनाहरु राख्ने काम गरिरहेका छौँ ।

के पाउनु भएको छ जनताको तर्फबाट ?

जनताको अपार माया र सद्भाव पाएका छौँ । वाम गठबन्धन तर्फ अत्यन्तै राम्रो लहर छ । गाउँतिर डुल्दा बृद्ध वुवा आमाहरुले दिने आशिर्वादले हामीहरुलाई प्रेरणा दिईराखेको छ । कतिपय बुबाआमाहरुले एमालेले नै दिएको बृद्धभत्ताले चिनी र चियापत्तिको जोह गरेका छौँ र हाम्रो जीविका यसैले चलेको छ भन्नुहुन्छ । यस्ता कुराहरुले हामीहरुलाई एकातिर गर्व महसुस हुन्छ भने अर्कातिर उहाँहरुको बोलीको गाम्भीर्यताले भावुक बनाउँछ । युवा वर्गको जोश र जाँगर देखेर हौसिएका छौँ । जनताका पिडा र समस्याहरुबाट स्याङ्जा क्षेत्र नं. १ मा केही गर्ने थप शक्ति लिएर अगाडि बढिरहेका छौँ ।

चुनाव जित्नुहुन्छ त ?

जित्नकै लागि निर्वाचनमा गएका हौँ । नेकपा एमालेको विचार, सिद्धान्त, कार्यशैली, अडान र प्रतिबद्धता तथा वाम गठबन्धनका उम्मेदवारहरुको विगतदेखि वर्तमानसम्मको योगदान र सामथ्र्यको मूल्यांकन गरेर जनताहरुले शानदार मतका साथ विजयी गराउनुहुन्छ भन्नेमा म विश्वस्त छु । यद्यपि यसको अन्तिम फैसला गर्ने सर्वाधिकार जनता जनार्दनमा नै छ

तपाईँले चुनाव जित्ने आधारहरु के के हुन् ?

हामीहरुसँग समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सपना छ । सपनालाई यथार्थमा परिणत गर्ने कार्ययोजना पनि छ । नेकपा एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र स्थानीय तहमा आधारभूत जनताको न्याय, विकास र सामाजिक सुरक्षाको पक्षमा गरेको काम नै हाम्रो जितको आधार हो । भुकम्पले थलिएको नेपालमाथि भारतले नाकाबन्दी लगाएर हेप्यो, घाउमा नुनचुक छ¥यो । यहाँका पुराना लोकतन्त्रवादी भनाउँदाहरु नाकाबन्दीलाई नाकाबन्दी भन्न डराए । नेकपा एमालेले डटेर सामना ग¥यो । नेपाली जनताको शिर झुक्न दिएन । हाम्रै पार्टीको सरकार बनेको बेला सुरु भएको बृद्ध भत्ता लगायत सामाजिक सुरक्षाका क्षेत्रमा हुने लगानीलाई दोब्बर पा¥यो । बृद्ध बृद्धाहरुलाई भत्ता दिँदा कनिका छरेर देश

कंगाल बनायो भन्नेहरु अहिले हाम्रा भन्दा चर्का कुरा गर्न थालेका छन् । स्याङ्जाको विकासका सम्भावनाका क्षेत्रहरु हामीहरुले पहिचान गरिसकेका छौँ । आगामी एक बर्षमा के गर्ने, पाँच बर्षमा के गर्ने, १० बर्षमा के गर्ने हामीसँग कार्ययोजना छ । हामी र हाम्रा कार्ययोजनालाई जनताको अपार माया छ । म हिजो जित्दा जनताको सिपाही भएर इमान्दारीताका साथ काम गरेँ । हार्दा पनि पलायनको बाटोमा लागिन । निरन्तर जनताका सुख र दुखमा लागेँ । त्यही नै हाम्रो जितको आधार हो ।

कार्ययोजना छन् त भन्नुभयो, केकस्ता कार्ययोजना छन् बताईदिनुस् न ।

हामीले हाम्रो कार्ययोजनालाई अल्पकालीन र दिर्घकालीन गरि बाँडेका छौँ । अल्पकालीनरुपमा तत्कालै गर्नुपर्ने र गर्न सकिने काम अगाडि बढाइहाल्छौँ । जस्तै नदि कटान नियन्त्रण, सिचाई निर्माण, कृषि उपजको विविधीकरण तथा व्यवसायीकरण, बजार व्यवस्था, खानेपानी व्यवस्था, सरसफाई अभियान, स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयहरुको पूर्वाधार विकास तथा क्षमता अभिवृद्धि, वन पैदावरहरुको मूल्यमा परिणत, जडिबुटी तथा कृषि उत्पादन प्रशोधन केन्द्र, खेल मैदान निर्माण, ग्रामीण सडकको स्तरीकरण र विकास जस्ता कामहरु तत्कालै अगाडि बढाउँछौँ । हामी स्याङ्जालाई प्रदेश नम्बर ४ र ५ को भाइब्रेन्ट ब्रिजको रुपमा समेत विकास गर्न चाहन्छौँ ।

त्यस्तै मध्यकालीनरुपमा लघु जलविद्युत आयोजनाहरु निर्माण गर्ने, पञ्चासे, सिरुवारी, साल्मेडाँडा, छाङ्छा्रङ्दी लगायत क्षेत्रलाई समेटेर पर्यटकीय सर्किटको विकास गर्ने, हरित सडक र हरित शहरको अवधारणालाई कार्यान्वयन गर्ने, मेडिकल कलेज र ईन्जिनियरिङ कलेजहरु स्थापना गर्ने, प्राविधिक शिक्षालयहरु स्थापना गर्ने, सञ्चार माध्यमको प्रतिस्पर्धी क्षमता विकास गर्ने लगायतका कार्ययोजना हाम्रा छन् ।साथै दिर्घकालीनरुपमा हामी औद्योगिक क्षेत्र स्थापना गरि सिमेन्ट उद्योग, कपडा उद्योग लगायत उद्योग सञ्चालन गर्न चाहन्छौँ ।

यसका लागि हामीलाई न त कच्चा पदार्थको अभाव हुन्छ न त बजारको । वैदेशिक रोजगारीबाट आउने रेमीट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाहित गराउने तथा स्थानीय पुँजीको परिचालनबाट नै लगानी जुटाउने हाम्रो प्राथमिकता हो । स्याङ्जामा जन्मेर पढेका जनशक्ति देश विदेशमा प्रतिष्पर्धी हैसियतमा छन् । उनीहरुको खुवी र क्षमता हाम्रै स्याङ्जाको विकासका लागि किन प्रयोग नगर्ने रु त्यसका लागि हामी उपयुक्त वातावरण बनाउँछौँ ।

बृद्धबृद्धाको सम्बन्धमा त तपाईँले भनिसक्नुभयो । युवा वर्गको सम्बन्धमा के भन्न चाहनुहुन्छ ?

हेर्नुस्, म सानैदेखि अध्यापन गरेर आएको मान्छे । मेरो अधिकांश समय विद्यार्थीहरुलाई ज्ञानगुन, सीप र क्षमताका कुरा सिकाउदा नै वित्यो । सधै युवाहरुलाई राम्रो र असल मान्छे बन्नुपर्छ भनेर सिकाउदै हिडेको मान्छे भएको नाताले पनि युवाहरु मेरो विकास योजनाका केन्द्रविन्दु हुन् । अहिले युवाहरुलाई सिमित व्यक्तिको स्वार्थका लागि अपराधीकरण गर्ने, गुण्डागर्दीमा लगाउने, दुईचार रुपैयाँ कमाउने, फजुल खर्च हुने काममा लगाउने र अन्ततोगत्वा उनीहरुको भविष्य बर्बाद पारिदिने काम भैरहेको छ । यो स्याङ्जाको मात्र हैन राष्ट्रिय समस्या हो जस्तो लाग्छ मलाई । मैले युवाहरुलाई परिवार र समाजसँग जोड्नेछु ।

उत्पादनसँग जोड्नेछु त्यस्तै निर्माण र सृजनासँग जोड्नेछु । सबैभन्दा विद्धान मान्छेहरुको जिल्ला स्याङ्जामा सबै युवालाई विद्धान, समझदार, उद्यमशील अनि सृजनशील बनाउने विभिन्न अभियानहरु चलाईनेछ । युवा उद्यमीलाई प्रोत्साहित गर्न राष्ट्रिय स्तरमा नै पहल गर्नेछु ।

वाम गठबन्धनलाई कसरी लिनुभएको छ ?

यसलाई मैले हाम्रो नेतृत्वले ठिक समयमा गरेको उपयुक्त निर्णयको रुपमा लिएको छु । यो देशको आवश्यकता अनि जनताको माग हो । वामपन्थीहरु विभाजित हुँदा दक्षिणपन्थीहरु हावी भए । उनीहरु देश बनाउने भन्दा पनि बर्बाद गर्ने दिशामा लागे । त्यसप्रतिको स्वभाविक प्रतिक्रिया तर ऐतिहासिक र साहसिक कदम हो यो ।

माओवादी केन्द्रको सबै भोट तपाईँलाई आउला ?

एमाले र माओवादी केन्द्रको मात्र होइन त्यो भन्दा बाहिरको पनि भोट आउँछ । एमाले माओवादी गठबन्धनले एउटा लहर ल्याएको छ । अंकगणितमा १ मा १ जोड्दा २ हुन्छ । तर राजनीतिमा तरिका मिलाएर जोड्ने हो भने १ प्लस १ तीन हुन्छ । एमाले माओवादी केन्द्रको तालमेलले अहिले त्यस्तै प्रभाव पार्छ । हाम्रो तथा माओवादी केन्द्रको पार्टी पंक्ति र नेता कार्यकर्ता साथीहरुको सहकार्य र खटाई देखेर म निकै खुसी छु ।

पार्टी एकीकरणको सम्भावना र चुनौती कत्तिको देख्नुहुन्छ ?

चुनौती नभएका होइनन् । नेकपा एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद अनि माओवाद केन्द्रले भन्दै आएको माओवादको बिषयमा वैचारिक फैसला हुन बाँकी नै छ । अरु थुप्रै कामहरु गर्न बाँकी छन् । तर पनि यो माटो र जनताको भाग्यलाई छातीमा राखेर एकता प्रकृयालाई टुङ्ग्याइनेछ ।

अन्तिम प्रश्न, तपाईँले आफ्ना प्रतिस्पर्धीलाई कसरी लिनुभएको छ ?

म संग अहिले ७ जना प्रतिस्पर्धी हुनुहुन्छ । उहाँहरु प्रति मेरो हार्दिकतापूर्ण सम्मान छ । हाम्रो मुख्य प्रतिस्पर्धा त नेपाली कांग्रेससँग नै हो । कांग्रेसका उम्मेदवारको बारेमा त जनताले चार बर्ष दुखद र कष्टप्रद परिक्षण गरिसके । मैले केही भन्न आवश्यक छैन । मेरो भन्नु यति मात्र हो कि नीति विचार, दर्शन, कार्यक्रम र योजनाका आधारमा प्रतिस्पर्धा गरौँ ।

प्रतिस्पर्धालाई अस्वस्थ बनाउने काम कसैबाट नहोस् । जनता जनार्धनको इजलासबाट हुने न्यायीक फैसलालाई कसैले पनि गैरराजनीतिक ढंगले प्रभावित पार्ने काम नगरौँ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds