प्रतिनिधिसभामा ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल [विजयीको नामावली सहित]

प्रतिनिधिसभामा ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल [विजयीको नामावली सहित]

result

काठमाडौं, २७ मंसिर। देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ ।

मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ ।

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ ।

माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ । यस्तै नेपाली कांग्रेसले २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ ।

वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थी गठबन्धनकै सांसद रहेको भनिसकेका छन् । यसो गर्दा वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११९ सिट पुगेको छ ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ३८ सिट जितेको छ जसमा नयाँ शक्तिका डा. बाबुराम भट्टराई पनि पर्छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेस एक्लैले २३ सिट जितेको छ ।

त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ । जसमध्ये राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट जितेका छन् । कुनै पनि गठबन्धनमा नरहेको नेपाल मजदुर किसान पार्टीले एक सिट जितेको छ ।

प्रतिनिधिसभामा निर्वाचित

एमाले उम्मेदवारको सूची:

प्रदेश १ (१६)

१. योगेश भट्टराई – ताप्लेजुङ
२. वसन्तकुमार नेम्वाङ – पाँचथर
३. झलनाथ खनाल – इलाम १
४. सुवास नेम्वाङ – इलाम २
५. पवित्रा निरौला खरेल –झापा २
६. एलपी साँवा लिम्बू – झापा ४
७. केपी शर्मा ओली –झापा ५
८. राजेन्द्र गौतम – संखुवासभा
९. भवानीप्रसाद खापुङ – तेह्रथुम १
१०. राजेन्द्रकुमार राई – धनकुटा १
११. घनश्याम खतिवडा – मोरङ १
१२. भानुभक्त ढकाल – मोरङ ३
१३. लालबाबु पण्डित – मोरङ ६
१४. जयकुमार राई – सुनसरी १
१५. विशाल भट्टराई – खोटाङ
१६. यज्ञराज सुनुवार – ओखलढुंगा १

प्रदेश २ (२)

१. लीलानाथ श्रेष्ठ –सिरहा ३
२. रघुवीर महासेठ – धनुषा ४

प्रदेश ३ (२०)

१. पार्वत गुरुङ – दोलखा १
२. गणेशकुमार पहाडी – सिन्धुली
३. भूमिप्रसाद त्रिपाठी – धादिङ १
४. खेमप्रसाद लोहनी – धादिङ २
५. नारायण खतिवडा – नुवाकोट २
६. माधवकुमार नेपाल – काठमाडौं २
७. कृष्ण राई – काठमाडौं ३
८. ईश्वर पोखरेल – काठमाडौं ५
९. रामवीर मानन्धर – काठमाडौं ७
१०. जीवनराम श्रेष्ठ – काठमाडौं ८
११. कृष्णगोपाल श्रेष्ठ – काठमाडौं ९
१२. महेश बस्नेत – भक्तपुर २
१३. नवराज सिलवाल – ललितपुर १
१४. कृष्णलाल महर्जन – ललितपुर २
१५. गोकुल बाँस्कोटा – काभ्रे २
१६. शेरबहादुर तामाङ – सिन्धुपाल्चोक २
१७. कृष्णप्रसाद दहाल – मकवानपुर १
१८. विरोध खतिवडा – मकवानपुर २
१९. सुरेन्द्र पाण्डे – चितवन १
२०. कृष्णभक्त पोखरेल– चितवन २

प्रदेश ४ (१२)

१. पाल्देन गुरुङ – मनाङ
२. खगराज अधिकारी – कास्की १
३. रवीन्द्र अधिकारी – कास्की २
४. जगतबहादुर सुनार – कास्की ३
५. कृष्णकुमार श्रेष्ठ– तनहुँ १
६. केदार सिग्देल– तनहुँ २
७. नारायणप्रसाद मरासिनी – स्याङ्जा १
८. पद्माकुमारी अर्याल – स्याङ्जा २
९. सूर्यप्रसाद पाठक – बाग्लुङ
१०. पदम गिरी – पर्वत १
११. भूपेन्द्रबहादुर थापा – म्याग्दी
१२. प्रेमप्रसाद तुलाचन – मुस्ताङ

प्रदेश ५ (१३)

१. बृजेशकुमार गुप्त– कपिलवस्तु २ (सूर्य चिह्न लिएर चुनाव लडेका)
२. हृदयेश त्रिपाठी – नवलपरासी पश्चिम १ (सूर्य चिह्न लिएर चुनाव लडेका)
३. नवलपरासी पूर्व २ – तिलबहादुर महत
४. छविलाल विश्वकर्मा – रुपन्देही १
५. विष्णु पौडेल – रुपन्देही २
६. घनश्याम भुसाल रुपन्देही ३
७. नन्दलाल क्षेत्री रोका – बाँके ३
८. दलबहादुर राना– पाल्पा १
९. सोमप्रसाद पाण्डेय– पाल्पा २
१०. गोकर्ण विष्ट – गुल्मी १
११. प्रदीप ज्ञवाली – गुल्मी २
१२. मेटमणि चौधरी– दाङ १
१३. हिराचन्द्र केसी– दाङ ३

प्रदेश ६ (६)

१. रविन्द्रराज शर्मा – दैलेख १
२. राजबहादुर बुढाक्षेत्री – दैलेख २
३. धुव्रकुमार शाही– सुर्खेत १
४. नवराज रावत– सुर्खेत २
५. गजेन्द्र महत – जुम्ला
६. धनबहादुर बुढा – डोल्पा

प्रदेश ७ (११)

१. भैरवबहादुर सिंह – बझाङ
२. गणेशसिंह ठगुन्ना – दार्चुला
३. प्रेमबहादुर आले – डोटी
४. दामोदर भण्डारी – बैतडी
५. लालबहादुर थापा – बाजुरा
६. भीमबहादुर रावल –अछाम १
७. यज्ञबहादुर बोगटी – अछाम २
८. झपटबहादुर रावल (कैलाली २)
९. नारदमुनि राना (कैलाली ५)
१०. नरबहादुर धामी (कञ्चनपुर २)
११. दीपकप्रकाश भट्ट (कञ्चनपुर ३)

नेकपा माओवादी केन्द्रबाट विजयीहरु

१ सन्तकुमार थारु बर्दिया २ –दल नेकपा माओवादी मत –५०५५५
२ गंगाबहादुर तामाङ काभ्रेपलाञ्चोक १ –दल नेकपा माओवादी मत –४३६३१
३ श्यामकुमार श्रेष्ठ रामेछाप –दल नेकपा माओवादी मत –४२११७
४ टेकबहादुर बस्नेत सल्यान –दल नेकपा माओवादी मत –४०८९७
५ वर्षमान पुन रोल्पा दल –दल नेकपा माओवादी मत –४०६४७
६ अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक १ –दल नेकपा माओवादी मत –४०५०४
७ कृष्णबहादुर महरा दाङ २ –दल नेकपा माओवादी मत –३९९५९
८ देवप्रसाद गुरुङ लमजुङ –दल नेकपा माओवादी मत –३९४६८
९ विना मगर कञ्चनपुर १–दल नेकपा माओवादी मत –३८४६७
१० हितबहादुर तामाङ नुवाकोट १–दल नेकपा माओवादी मत –३६४७३
११ सुरेन्द्रकुमार कार्की झापा १–दल नेकपा माओवादी मत –३६१७३
१२ जनार्दन शर्मा रुकुम पश्चिम –दल नेकपा माओवादी मत –३४४०२
१३ सुदन किराती भोजपुर –दल नेकपा माओवादी मत –३४३९४
१४ अमनलाल मोदी मोरङ ४ –दल नेकपा माओवादी मत –३३४२९
१५ शक्तिबहादुर बस्नेत जाजरकोट–दल नेकपा माओवादी मत –३२२८१
१६ लेखराज भट्ट कैलाली ४–दल नेकपा माओवादी मत –३१३५९
१७ महेश्वरजंग गहतराज बाँके १–दल नेकपा माओवादी मत –३११७३
१८ हरिबोलप्रसाद गजुरेल सिन्धुली २ –दल नेकपा माओवादी मत –३०१७९
१९ हरिराज अधिकारी गोरखा १ –दल नेकपा माओवादी मत –२९८६०
२० चक्रपाणि खनाल कपिलवस्तु १–दल नेकपा माओवादी मत –२९७९९

२१ देवेन्द्र पौडेल बाग्लुङ २ –दल नेकपा माओवादी मत –२८८२७
२२ प्रभु साह रौतहट ३ –दल नेकपा माओवादी मत –२७७९९
२३ गौरीशंकर चौधरी कैलाली ३ –दल नेकपा माओवादी मत –२४८६२
२४ पम्फा भुसाल ललितपुर ३ –दल नेकपा माओवादी मत –२४०३६
२५ गिरिराजमणि पोख्रेल महोत्तरी १ –दल नेकपा माओवादी मत –२३७७६
२६ शिवकुमार मण्डल मोरङ ५ –दल नेकपा माओवादी मत –२२९४५
२७ सुरेशकुमार राई उदयपुर २ –दल नेकपा माओवादी मत –२२५५१
२८ गजेन्द्रबहादुर महत जुम्ला –दल नेकपा माओवादी मत –२२१७३
२९ दुर्गबहादुर रावत कालिकोट –दल नेकपा माओवादी मत –२११११
३० हेमकुमार राई सोलुखुम्बु –दल नेकपा माओवादी मत –२०९१२
३१ कमला रोका रुकुम पूर्व –दल नेकपा माओवादी मत –१०४३४
३२ मातृका यादव धनुषाको क्षेत्र नं। १ –दल नेकपा माओवादी मत –२६४१४
३३ टोपबहादुर रायमाझी अर्घाखाँची –दल नेकपा माओवादी मत –५०३८५
३४ सुरेशचन्द्र दास सिरहा क्षेत्र नम्बर २ –दल नेकपा माओवादी केन्द्र मत– २०,०४८
३५ रामेश्वर राय यादव सर्लाही क्षेत्र नम्बर ३ –दल माओवादी केन्द्र मत –२२, ३६७
३६ प्रचण्ड चितवन क्षेत्र नम्बर ३ – दल नेकपा माओवादी केन्द्र – मत ४८,२६९ मत

नेपाली कांग्रेसबाट विजयीहरु

१ सञ्जयकुमार गौतम बर्दिया१ –दल नेपाली कांग्रेस मत –४४८२९
२ सीताराम मेहता सुनसरी २ –दल नेपाली कांग्रेस मत –४१४९५
३ शशांक कोइराला नवलपरासी (पूर्व) १ –दल नेपाली कांग्रेस मत –३७३७३
४ मिनेन्द्रप्रसाद रिजाल मोरङ २ –दल नेपाली कांग्रेस मत –३५८१९
५ डा. नारायण खड्का उदयपुर १ –दल नेपाली कांग्रेस मत –३३१४२
६ भरतकुमार शाह रुपन्देही ५ –दल नेपाली कांग्रेस मत –३३०८८
७ ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ –दल नेपाली कांग्रेस मत –३२३४७
८ प्रमोदकुमार यादव रुपन्देही ४ –दल नेपाली कांग्रेस मत –३१७१८
९ देवप्रसाद तिमलसेना रौतहट ४ –दल नेपाली कांग्रेस मत –२८२२७
१० शेरबहादुर देउवा डडेल्धुरा –दल नेपाली कांग्रेस मत –२८०४४
११ उमाकान्त चौधरी बारा १ –दल नेपाली कांग्रेस मत – २४४५०
१२ राजेन्द्रकुमार केसी काठमाडौं १० –दल नेपाली कांग्रेस मत –२४१९०
१३ तेजुलाल चौधरी सप्तरी ४ –दल नेपाली कांग्रेस मत – २४११३
१४ गगनकुमार थापा काठमाडौं ४ –दल नेपाली कांग्रेस मत –२१५५८
१५ अभिषेकप्रताप साह कपिलवस्तु ३ –दल नेपाली कांग्रेस मत –१९८६४
१६ मोहम्मद आफताब आलम रौतहट २ –दल नेपाली कांग्रेस मत–१८८३३
१७ भीमसेनदास प्रधान काठमाडौं ६–दल नेपाली कांग्रेस मत –१६७८५
१८ मोहन आचार्य रसुवा–दल नेपाली कांग्रेस मत –१४४५३
१९ प्रकाशमान सिंह काठमाडौं १–दल नेपाली कांग्रेस मत –१०९३६

२० प्रदीप गिरी सिरहा १ दल नेपाली कांग्रेस मत २३९५१
२१ देवेन्द्रराज पौडेल नवलपरासी पश्चिम  २ – दल नेपाली कांग्रेस- ३४१३०
२२, अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं. ४
२३, विजयकुमार गच्छदार , सुनसरी क्षेत्र नं. ३

संघीय समाजवादी फोरम, नेपालबाट विजयीहरु

१ उमाशंकर अरगरिया धनुषा २ –दल संघीय समाजवादी फोरम, नेपाल मत –३२०४४
२ रामसहायप्रसाद यादव बारा २ –दल संघीय समाजवादी फोरम, नेपाल मत –२८१८५
३ डा. सूर्यनारायण यादव सप्तरी १ –दल संघीय समाजवादी फोरम, नेपाल मत –२१७१२
४ उपेन्द्र यादव सप्तरी २ –दल संघीय समाजवादी फोरम, नेपाल मत –२१६२०
५ मोहम्मद ईश्तियाक राई बाँके २ –दल संघीय समाजवादी फोरम, नेपाल मत –२१५७५
६ रामवावुकुमार यादव बारा ३ –दल संघीय समाजवादी फोरम, नेपाल मत –२१३३६
७ विमलप्रसाद श्रीवास्तव पर्सा २ –दल संघीय समाजवादी फोरम, नेपाल मत –२११६९
८ प्रदीप यादव पर्सा १ –दल संघीय समाजवादी फोरम, नेपाल मत –२११२५
९ हरिनारायणप्रसाद सा रौनियार पर्सा ३ –संघीय समाजवादी फोरम,  –१५१६८
१० सुरेन्द्रकुमार यादव महोत्तरी ४ दल संघीय समाजवादी फोरम, नेपाल मत १८३५३

राष्ट्रिय जनता पार्टी नेपालबाट विजयीहरु

१ राजेन्द्र महतो धनुषा ३ –दल राष्ट्रिय जनता पार्टी नेपाल मत –३०७४२
२ शरतसिंह भण्डारी महोत्तरी २ दल राष्ट्रिय जनता पार्टी नेपाल मत –३०७२२
३ महिन्द्र राय यादव सर्लाही २ दल राष्ट्रिय जनता पार्टी नेपाल मत –२९१९१
४ महन्थ ठाकुर महोत्तरी ३ दल राष्ट्रिय जनता पार्टी नेपाल मत –२५७८५
५ चन्द्रकान्त चौधरी सप्तरी ३ दल राष्ट्रिय जनता पार्टी नेपाल मत – २२५८४
६ एकवाल मियाँ बारा ४ दल राष्ट्रिय जनता पार्टी नेपाल मत – २२२७५
७ राजकिशोर यादव सिरहा ४ दल राष्ट्रिय जनता पार्टी नेपाल मत – २११४४
८ अनिलकुमार झा रौतहट १ दल राष्ट्रिय जनता पार्टी नेपाल मत –२१०८५
९ लक्ष्मणलाल कर्ण पर्सा ४ दल राष्ट्रिय जनता पार्टी नेपाल मत –२०७३८
१० प्रमोद साह सर्लाही १ दल राष्ट्रिय जनता पार्टी नेपाल मत २२०३६

११ रेशमलाल चौधरी कैलाली १ दल –राष्ट्रिय जनता पार्टी नेपाल मत –३४३४१

राष्ट्रिय जनमोर्चाबाट विजयी

दुर्गा पौडेल प्यूठान क्षेत्र नं. १ दल राष्ट्रिय जनमोर्चा मत ४७५१४

नेमकिपाबाट विजयी

प्रेम सुवाल भक्तपुर क्षेत्र नं. १ दल नेमकिपा मत ३३ हजार ७६

राप्रपाबाट विजयी

राजेन्द्र लिङदेन झापा क्षेत्र नं. ३ दल राप्रपा मत ४४६१४

नयाँ शक्ति

डा. बाबुराम भट्टरार्इ गोरखा क्षेत्र नं. २ दल नयाँ शक्ति मत ३१८०७

स्वतन्त्र

छक्कबहादुर लामा हुम्ला क्षेत्र नं. १ स्वतन्त्र ८४९१

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ