२०७५ सालको जेठमा मलमास परेको छ । मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहारलगायत चाडपर्वहरू पछि सरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिएर छापिएका पात्रोहरूका अनुसार २०७५ साल जेठमा मलमास परेको हो ।
विजयादशमी कात्तिक २ गते परेको छ। नवरात्र भने असोज २४ गते सुरु हुनेछ अर्थात् सो दिन घटस्थापना गरिनेछ । फूलपाती असोज ३०, महाष्टमी ३१ र महाानवमी कात्तिक १ गते पर्ने पञ्चाङ्गहरूले उल्लेख गरेका छन्। यस्तै तिहारको लक्ष्मीपूजा कत्तिक २१ गते बुधबार परेको छ। २२ मा गोवर्धन र गाइपूजा, २३ गते भाइटीटा (भ्रातृद्वितीया) परेको छ।
मिथिलाञ्चलवासीको महत्त्वपूर्ण पर्व छठ (सूर्यषष्ठी) कात्तिक २७ गते परेको छ। यस्तै आमाको मुख हेर्ने पर्व मातथीर्थ औँसी वैशाख ३ गते परेको छ। उक्त दिन सोमबार परेको छ। सनातन धर्मसंस्कृतिमा सोमबारे औँसीलाई महत्त्वपूर्ण मानिन्छ। यस्तै अक्षय तृतीया वैशाख ५ गते पर्ने पात्रोहरूमा उल्लेख छ। बुद्धजयन्ती वैशाख १७ गते परेको छ। यसैदिन किरात समुदायको उँभाैली पर्छ। जेठ १ देखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ।
सामान्यतया एउटै महिना (सौर) मा दुईवटा औँसी पर्दा त्यो मलमास हुन्छ। जेठ १ र ३० गते औँसी छन्। मलमास परेपछि चाडपर्वहरू एक महिना पर धकेलिन्छन्। मलमासको समयमा चाडपर्व पर्दैनन् भने अन्य मांगलिक कार्य पनि गर्नुहुँदैन भन्ने मान्यता छ। आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा साउन ११ गते छ। यस्तै चतुर्मास व्रतअन्तर्गतको हरिशयनी एकादशी साउन ७ गते परेको छ।
रक्षाबन्धन तथा रक्षाबन्धन भदौ १० गते पुगेको छ। बाबुको मुख हेर्ने औँसी भदौ २४ गते पुगेको छ। तीज भदौ २७ र ऋषिपञ्चमी भदौ २९ गते परेको छ। सोह्रश्राद्ध असोज ९ गते सुरु भई २२ गते सकिने पञ्चाङ्गहरूले जनाएका छन्। यस्तै हरिबोधिनी एकादशी मंसिर ३ गते पुगेको छ। चतुर्मास व्रत भने मंसिर ७ गते पूर्णिमाका दिन सकिने उल्लेख छ। यस्तै बालाचतुर्दशी पर्व मंसिर २० गते परेको छ।
जनकपुरको महत्त्वपूर्ण पर्व विवाहपञ्चमी मंसिर २६ परेको छ। किरातहरूको उँधौली पर्व अर्थात् धान्यपूर्णिमा पुस ७ गते परेको छ। काठमाडौं उपत्यकाको महत्त्वपूर्ण स्वस्थानी व्रत माघ ७ गते सुरु भएर फागुन ७ मा पूरा हुने पात्रोहरूले जनाएका छन्। विद्यार्थीहरूको विशेष दिन श्रीपञ्चमी माघ २७ मा पुगेको छ।
महाशिवरात्रि फागुन २० गते सोमबार परेको छ। यस्तै फागुपूर्णिमा चैत ७ मा पुगेको छ। चैतेदसैँ र रामनवमी चैत ३० गते एकैदिन परेको छ। यस्तै साउन ११ गते आषाढ शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण परेको पञ्चाङ्गहरूले उल्लेख गरेका छन्।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै