सुन्दर कुमार थकाली,मुस्ताङ
असार,२६,२०७५ ।
नेपाल सरकार ,शिक्षा सेवा आयोग परिक्षाका लागि हिमालपारी मुस्ताङमा ३ सय ३७ जनाले आवेदन दिएका छन् ।आयोगले असारको पहिलो सातादेखि असार मशान्तसम्म परिक्षाको मिति तोके अनुसार यहाँ ७५ कोटाका लागि मंगलबार उक्त संख्या पुगेको हो ।
नेपाल अधिराज्यभर शिक्षा आयोगले आधारभुततह (१–५)का लागि ९ हजार ९ सय ८६ कोटा स्थायी शिक्षक पदपुर्ती गर्ने तैयारी गरेको हो।जसका लागि खुल्लातर्फ ५ हजार ४ सय ९८ कोटा,महिलातर्फ १ हजार ४ सय २१ कोटा,मुश्लिमतर्फ १७ कोटा,दलित महिलातर्फ ४९ कोटा,आदीवासीतर्फ १ हजार २ सय १५ कोटा,मधेशीतर्फ ९ सय ८६ कोटा,दलिततर्फ ४ सय ५ कोटा,अपाङ्गतातर्फ २ सय २५ कोटा र पीछडिएको वर्गतर्फ १ सय ८० कोटा निर्धारण भएको छ ।
त्यस्तै हिमालपारी मुस्ताङमा खुल्ला तथा समावेशीताका आधारमा आधारभुततह (१–५)का लागि ७५ कोटा निक्र्योल गरिएको छ।खुल्लातर्फ ४१,आदीवासीतर्फ ९,महिलातर्फ ११ ,मधेशीतर्फ ८ ,दलिततर्फ ३ ,अपाङ्गतातर्फ २ र पीछडिएका वर्गतर्फ १ कोटा रहेको शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालय मुस्ताङले जनाएको छ ।कार्यालयका अनुसार शिक्षा सेवा आयोगले तोकेको निम्नमाध्यमिकतह (६–८) र माध्यमिकतह (९–१२)को विषयगत परिक्षाका लागि पनि उक्तिकै संख्यामा आवेदकको भीड लागेको छ ।
सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुल्ला प्रतियोगितात्मक लिखित परिक्षाका माध्यमद्धारा स्थायी शिक्षक पदपुर्ती गरिन लागेको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।उनले यसका लागि आयोगले निर्धारण गरेको आवेदन फाराम भरेर जिल्ला प्रशासन कार्यालय र शिक्षा बिकास तथा समन्वय ईकाईमा बुझाउनु पर्ने बताए ।
शिक्षा आयोगको परिक्षाका लागि जिल्ला बाहिरका उल्लेख्य प्रशिक्षार्थी आवेदनका लागि मुस्ताङ आएको गाउँ शिक्षा अधिकृत टङ्कराज बरालले जानकारी दिए । उनका अनुसार यहाँ तोकिएको कोटा भन्दा ८० प्रतिशत बेशीले आवेदन दिएका छन् ।समावेशी कोटातर्फ मधेशी ८ कोटा रहेको आधारमुतकोटा (१–५)का लागि मुस्ताङमा सयभन्दा बढी मधेशी प्रशिक्षार्थीले आवेदन दिएको बरालले जनाए ।
मुस्ताङमा मधेशी समुदायको वस्ती नभएकाले यहाँबाट आयोगको परिक्षा दिदाँ नाम निस्कने संम्भावना बलियो ठानेर आवेदन दिन आएको सर्लाही हरिपुर वडा नं.१ का राजेन्द्र महतोले बताए ।उनले आफ्नो जिल्लामा आयोगमा परिक्षामा सहभागी बढी हुने भएकाले लामो यात्रा गरेर आएको उल्लेख गरे ।
त्यस्तै अर्का रौतहटका प्रशिक्षार्थी अमलेस कुमारले मुस्ताङमा मधेशी कोटा ८ भएपनि अनेपेक्षित रुपमा आवेदकको संख्या बढेको बताए ।उनले हिमालपारीको जिल्लामा बसेर शिक्षाक्षेत्रमा सेवा गर्ने रहर भएकाले मुस्ताङबाट आवेदन दिएको खुलाए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प