प्रहरी विरुद्धको मुद्दा बदर गर्न निर्मलाको आमाले अदालतमा दिइन् निवेदन

प्रहरी विरुद्धको मुद्दा बदर गर्न निर्मलाको आमाले अदालतमा दिइन् निवेदन

nirmala-pant-

file photo

काठमाडौं : निर्मला बलात्कार र हत्या प्रकरणमा प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा दर्ता भएको मुद्दा बदर गर्न माग गर्दै निर्मलाकी आमा दुर्गादेवी पन्तले अर्को निवेदन दिएकी छिन् ।

निर्मलाकी आमाले प्रहरीले केही सामान्य कमजोरी गरेको तर नियतवश प्रहरी अधिकारीहरूले प्रमाण नै नष्ट नगरेकाले मुद्दा फिर्ता गरिपाऊँ भनेर निवेदन दिएको अदालत स्रोतले जनाएको छ।

तर, मानवअधिकारकर्मी इन्द्र अर्याल लगायतको समूहले निर्मलाकी आमा दुर्गा देवीलाई निवेदन फिर्ता लिन घरमै पुगेर दबाब दिएको भिडियो सार्वजनिक भएको छ।

निर्मलाकी आमाले प्रहरीविरुद्धको मुद्दा फिर्ता लिन निवेदन दिएपछि प्रहरीहरूलाई पनि कारबाही हुनपर्ने भन्दै उक्त निवेदन फिर्ता लिन उक्त समूहले दबाब दिएको हो।

यसअघि फागुन २३ मा निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको प्रमाण सुरक्षित नराखेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

यो खबर कृष्णसिंह लोथ्यालले थाहाखबरका लागि लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds