पूरानो बुक्स, नयाँ जीवन

पूरानो बुक्स, नयाँ जीवन

purano books (1)

सूर्य तिमिल्सिना । ‘पूराना किताब किन्छु र फेरि बेच्छु’ पोखरामा बिएससीसीएसआइटी अध्ययनरत २३ बर्षे नबिन आचार्यको मुखबाट यो सुन्दा धेरै जना हाँस्थे । तर, उनले मनमनै योजना बनाइसकेका थिए, ‘पूराना किताबहरु कवाडीवालाको हातमा पुग्न दिन्नँ’ । यो योजना यसै फुरेको भने होइन । एक चोटी कबाडीवाला उनको घरमा पूराना कापी किताब, टिन फलाम संकलन गर्दै आए । उनका पूराना भाँडा कुँडा कबाडीलाई बेच्ने क्रममा केहि महत्वपूर्ण पुस्तकहरु उनीसंग देखे । कसैले त्यस्ता किताबहरु कौडीको मुल्यमा कबाडीलाई बेच्दा उनी खिन्न बने । नबिनले तत्काल कबाडीवालालाई उसले तिरे भन्दा बढी मुल्य तिरेर ती पुस्तकहरु आफूले खरिद गरे । यो नै उनको जिन्दगीको टर्निङ पोइन्ट बन्यो । उनले आफ्नो ब्यबसाय नै यसमा सुरु गर्ने निधो गरे र यो कुरा आफ्नो साथी अनिशलाई शेयर गरे ।

यसरी सुरु भो ‘पुरानो बुक्स डट कम’

दुवै जना आइटीका बिद्यार्थी भएकाले यो योजनालाई मूर्त रुप दिन र बजारको परम्परा भन्दा अलि फरक तरिकाले किताब बेच्ने निधो मात्र गरेनन् न्युरोड पोखरा स्थित बुक्स स्टोर नै सुरुवात समेत गरे र अन्त्यमा सुरु भयो ( पुरानो बुक्स डट कम । पुरानो बुक्स किताब किन्न र बेच्नको लागि ‘डिजिटल प्लेटफर्म’ हो ।

दुई वर्ष अगाडि नबिन र अनिशले ब्याचलर पढ्दा पढ्दै सुरु गरेको यो बुक स्टोरले छोटो समयमा पाएको लोकप्रियता लोभलाग्दो छ । पुरानो बुक्सको कार्यालय पुग्दा नबिन अफिसमै थिए, तीन जना बुकको अर्डर डेलिभरीको चाँजोपाँजो मिलाउंदै थिए ।

पुरानो बुक्स स्टोरको ओपनिङको भन्दा अहिले पुरै फेरिइसकेको छ । दुई वर्षबीचको परिवर्तनबारे नविनले भने ‘यो सबै समयको माग र गर्दै जाँदा कामले काम सिकाएर हो । त्यो बेला साथीहरु संग पूराना किताब बटुलेर सुरु गरेको हामी अहिले धेरै जसो अनलाइनबाटै डेलिभरी अर्डर लिने गर्छौं ।’ पूरानो बुक्सको फेसबुक पेज वा www.puranobooks.com मार्फत स्टोरमा उपलब्ध किताबहरु हेर्न सकिन्छ । त्यसमा उपलब्ध पुस्तकहरु छुट मूल्य सहित देखाइएको हुन्छ । आफुले किन्न चाहेको किताब त्यसको क्याटागोरी अनुसार समेत खोज्न सकिन्छ । किताबको अबस्था हेरी नयाँ मूल्य भन्दा ४० देखि ७० प्रतिशत सम्म छुट दिने गरेका छौं ।’ – तत्काल वेबसाइट खोलेर देखाउँदै नविनले भने ।

नविनले आफ्नो कामबारे भन्दै गए- ‘पोखरा उपत्यका भित्र निःशुल्क डेलिभरीको व्यवस्था समेत गरेका छौं । घरमै बसी बसी पूराना किताबहरु समेत बेच्न सकिन्छ । वेबसाइट मार्फत म्यासेज वा फोन गर्ने बित्तिकै पूराना किताबहरु लिन घरै पुग्छौं र यहाँ ल्याएर ति किताबको मुल्यांकन गर्छौं अनि त्यसपछि पुरानो बुक्सको वेबसाइटमा बिक्रीको लागि राखिन्छ । बिक्री भैसके पश्चात त्यसको उचित मूल्य किताबवालाहरुलाई उपलब्ध गराउछौं ।’

नविनसँग कुरा हुँदै गर्दा मार्केटिङको लागि बाहिर फिल्डमा रहेका अनिश उप्रेति पनि फर्किए । सुरुवाती दिनका संघर्षका भोगाईहरु सम्झिए उनले पनि । स्मरण गर्न थाले – ‘पहिले पहिले कसरी संचालन गर्ने आइडिया नहुँदा पूराना किताब मात्र थुप्रिने तर स्टोरमा भएका कम बिक्ने समस्या थियो। यसले गर्दा धेरै अप्ठ्यारो नि पर्यो तर काम गर्दै जाँदा बेच्ने तरिका, अफर लगायत कुराहरु प्रभावकारी बनाउंदै लग्यौं । आज यो स्थानसम्म आइपुगेका छौं।’

दुई जनाको थालनी तर अहिले ५ जनालाई भ्याई नभ्याई छ । पोखरामा पूरानो बुक्सको चर्चा समेत त्यत्तिकै चुलिंदै छ । ग्राहकलाई आकर्षित गर्न निःशुल्क मेम्बरशीपको समेत व्यवस्था गरेका छन् भने नियमित ग्राहकको लागि अझ बढी छुट र अफरको व्यवस्था समेत गरेका छन् ।

कोर्षबुक देखि नोबेल सम्म

पुरानो बुक्स स्टोरमा कक्षा ११, १२ का कोर्ष बुकहरु, मेडिकल तथा इन्जिनियरिङका बुक, अन्य बिभिन्न फ्याकल्टीका ब्याचलर तथा मास्टरका बुक, सोलुशन देखि नोबेल लगायत अन्य साहित्यिक पुस्तक, विभिन्न किताबहरु उपलब्ध छन् ।

क्याफे क्याफेमा किताब

यतिमा मात्र सीमित रहन चाहँदैनन् उनीहरु । अझै पनि आम मानिसमा पुस्तक पढ्ने कल्चरको कमी रहेकोले मानिसमा स्टडी कल्चरको केहि हद सम्म भएपनि विकास होस् भन्ने हेतुले आफूहरुले पोखराका केहि स्थानका क्याफेसंग समन्वय गरेर बिभिन्न साहित्यिक पुस्तकहरु पुर्याउने गरेका छन् । अहिले पोखराका चार वटा क्याफेमा पुरानो बुक्सका पुस्तकहरु देख्न सकिन्छ । ति पुस्तकहरु हरेक महिना महिनामा परिबर्तन गरिन्छन् । क्याफे संग समन्वय गरेर अबको केहि समयमा हरेक क्याफे क्याफेमा किताब बिस्तार गर्ने उनीहरुको योजना छ ।

अबको एक बर्षमा कम्तिमा पोखरा भित्र र आसपासका जो कोहिले पनि आफूसंग भएका, पढिसकेका र अन्य किताबहरु बेच्न र आफूले चाहेको किताब सस्तो मुल्यमा किन्नको लागि पुरानो बुक्स डट कमलाई सम्झिउन् र किताब किन्न आएका जो कोहि पनि फर्किन नपरोस भन्ने उनिहरुको चाहना छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ