अनुप पौडेल, पोखरा । पोखराका अशोक बराल शनिबार नयाँबजारमा आयोजित एक कार्यक्रममा थिए। रानीपौवा बस्ने उनले राति ९ बजे घर फर्किन तरखर गरे । घर फर्किन बाहिर आफ्नो बाइक राखेको ठाउँसम्म पुगे। राखेको ठाउँमा आफ्नो बाइक देखेनन् । यताउति हेरे, अरु साथीहरुको बाइक जिनको तिन थियो । तर, आफ्नो बाइक नदेख्दा एकछिन अचम्म परे।
खोजतलास गर्दा नभेटेपछि बाइक चोरी भयो भन्ने उनलाई लाग्यो। आफ्नो ग १५ प ६६५९ नम्बरको २२० सि.सिको पल्सर हराएपछि उनले प्रहरीलाई खबर गरे। अहिले बराल आफ्नो बाइक खोज्न प्रहरीसँगै सामाजिक संजालको प्रयोग पनि गरिरहेका छन् ।
यो एउटा उदाहरण मात्र हो कास्कीमा चोरीको घटना दिनानुदिन बढदै गएको छ। तर बाइक हराएपछि पाउन भने मुस्किल हुने ट्राफिक प्रहरी बताउँछन। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिब पाठक भन्छन्,’दुई पाङ्ग्रे सवारी हराएपछि पाउन गाह्रो हुन्छ, सोही मोडलका थुप्रै बाइक स्कुटर हुन्छन, चोरेपछि चोरले नम्बर प्लेटसम्म पनि परिवर्तन गर्न भ्याउँछन।’
पाठकका अनुसार चालु आर्थिक वर्ष २०७५/०७६ को नौ महिनामा कास्कीमा ४७ वटा दुई पाङ्ग्रे सवारी (मोटरसाइकल र स्कुटर) चोरी भएका छन् । चोरी भएकामध्ये जम्मा १० वटा भेटिएका छन् । यो तथ्याङ्क चालु आर्थिक वर्षको साउन १५ देखि वैशाख १५ सम्मको हो। चोरी हुने दुई पाङ्ग्रे सवारीमा सबैभन्दा धेरै पल्सर रहेका छन्। यो अवधीमा १९ वटा पल्सर हराएका छन्।
त्यसपछि चोरी हुनेमा डियो स्कुटर झण्डै ९ वटा छन्। चोरी हुनेमा यीबाहेक अन्य मोडलका दुई पाङ्ग्रे सवारी पनि रहेको प्रहरीको तथ्याङ्कले बताउँछ । नौ महिनाको अवधीमा सबैभन्दा बढी पुस महिनामा १० वटा हराएको उजुरी परेको देखिन्छ। सबैभन्दा कम माघ महिनामा एक उजुरी परेको छ । यस्तै गएको आर्थिक वर्ष २०७४/०७५ मा ४४ मोटरसाइकल चोरी भएकोमा सात वटा मात्र भेटिएका थिए।
पाठक अनुसार त्यस्ता हराएका मोटरसाइकलको पाटपूर्जा बेच्ने गरेको पाईन्छ। र,कति गाउँघर तिर लगेर गुडाउने गरेको भेटिन्छ। उनी थप्छन,’कति त एक/दुई महिना चलाएपछि बेवारिसे भेटिन्छन, अनि त्यसरी प्रयोग गरेर छाड्नेलाई पक्राउ गर्न सकिंदैन।’यसरी चोरी भएका कतिपय साधन अन्य बाहिरि जिल्लामा पनि भेटिने गर्छन। उनका अनुसार हराएको जति छिटो ट्राफिक प्रहरीलाई खबर गरे खोजि गर्न पनि सहज हुन्छ।
प्रहरीसँग हराएका मोटरसाइकल खोज्न स्रोत साधनको अभाव रहेको सूचना अधिकारी पाठकको गुनासो छ। ‘हामीले जति भेटेका छौँ त्यसमा सन्तुष्ट छु भनेर भन्न सक्दिन, हराएपछि खोज्न जाने साधनको पनि अभाव हुन्छ’,पाठक भन्छन,’हाम्रो प्रयास जारी छ, सबै फेला नपारेपनि धेरै फेला पार्छौ।’चोरी हुनबाट बच्न ह्विललक, ब्रेकलक, फ्युललक लगाउन उनको सुझाव छ। पोखराका मुख्य भिडभाड हुने स्थान र विशेष गरी रातको समयमा बाइक चोरी हुने गरेको पाइएको छ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो