पोखरा : स्याङजामा ३० जना युवा युवतीहरुले तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम लिएका छन् । वालिङ नगरपालिका वडा नं ३ ले आयोजना गरेको तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम स्थानीय ३० युवा युवतीहरुले लिएका हुन् ।
तालिममा वडा नम्बर ३ का माझकोट, राम्चे, बुढाकोट, सिङगारकोट लगायतका गाउँबाट ३० जना युवा युवतीहरु सहभागि भएका थिए । बुधबार तीन दिने तालिम समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारीले महिला र पुरुषमा कुनै पनि क्षमताको भिन्नता नरहेको भन्दै अवसर पाएमा सबैले प्रगति गर्न सक्ने धारणा राखिन् ।
‘महान विचार र उच्च लक्ष्यका साथ अघि बढ्ने मान्छे जुनसुकै काममा पनि सधैँ सफलता हाँसिल गर्छन्’ उनले भनिन् । महिलाहरुले आफनो व्यक्तित्व र नेतृत्वमा निखार ल्याएमा आगामि दिनमा नेतृत्वदायी भूमिका खेल्ने उनले बताईन् । युवा युवतीहरुको बोल्ने बानीको विकास होस भन्ने उद्देश्यले पहिलो पटक यस्तो कार्यक्रम गरेको बताउँदै वडाध्यक्ष सुकराज गुरुङले यस्तो कार्यक्रमको माग र चासो बढेमा यस्तो तालिमलाई निरन्तरता दिइरहने बताए ।
कार्यक्रममा वालिङ नगरपालिका कार्यपालिका सदस्य गीता रानपाल, नेकपाका वडा अध्यक्ष थमन गुरुङ, तालिम संयोजक कौबहादुर गुरुङ, प्रशिक्षक रोशनी गुरुङ लगायतले मन्तव्य राखेका थिए । तालिममा मादी न्युज डटकम तथा तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले सहजीकरण गरेका थियो भने तालिमका प्रशिक्षार्थी यन्सरी गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा